खुर्पेटो फिल्मको छायाङ्कन सकियो

Read Time:1 Minute, 37 Second

मनोज घर्तीमगर

पोखरा,२६ साउन- मगर कथानक नेपाली भाषाको फिल्म ‘खुर्पेटो’को छायाङ्कन पूरा भएको छ । मगरको पहिचान मानिएको चिन्ह खुर्पेटोलाई मुख्य विषयबस्तु बनाइएको फिल्म प्रेम कथामा आधारित छ । भिम रानाको परिकल्पना र राजेन्द्र आले (तुल) ले निर्मा गरेको फिल्म विकास मगरको लेखन तथा निर्देशनमा बनेको छ । फिल्ममा लोकदोहोरी गायीका मुना थापामगर विशेष भुमिकामा देखिएकी छिन् । उनी पहिलो पल्ट सेतो पर्दामा देखा परेकी हुन् ।

मुनासँगै फिल्ममा सुजन थापा, विना थापा, टिका आले, शोभा आले, बबिता आले, राजन थापा, सल्मा पुन, सम्झना आले, विष्णु आले, भिम आले, आभाष आले र सरु आलेको मुख्य अभिनय छ ।

प्रथम सहिद लखन थापामगरको जन्मथलो गोर्खाको बुङ्कोट काहुले भङ्गरा, मनकामना मन्दिर तथा गोर्खा बजार लगायतका ठाउँमा छायाङ्कन गरिएको फिल्मलाई राहुल राईले खिचेका हुन् भने चित्र मास्कीको कोरियोग्राफी छ । फिल्मको सम्पादन कार्य अन्तिम चरणमा रहेकाले छिट्टै प्रर्दशनमा आउने निर्देशक विकास मगरले जानकारी दिए । तस्वीर पनि छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %