लागु औषध मुक्त क्षेत्र बनाउन एक कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 21 Second

गोविन्द घर्ती मगर

रूपन्देही, साउन २२ – रुपन्देहीको देवदह क्षेत्रलाई लागु औषध मुक्त क्षेत्र बनाउन सवै लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुको भनाई रहेको छ ।

 

उनीहरुले त्यसको लागि राजनैतिक दल, प्रहरी प्रशासन र आमनागरिक वीच सहकार्य गर्न आवश्य रहेको औल्याएका थिए । देवदह प्रहरी चौकीद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमा बोल्ने वक्ताहरुले लागु औषध कर्ताहरुलाई राजनैतिक दलहरुले छुटाउन नहुने भन्दै त्यसको लागि सवैले प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले देवदह क्षेत्र लागुऔषधको केन्द्रको रुपमा स्थापित हुदै गएकोले यसको न्यूनिकरणको लागि सवै एकवद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

 देवदह प्रहरी चौकीका ईन्चार्ज तुलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास  समितिका अध्यक्ष दिल्लीराज मरासिनी, नेपाली काग्रेसका महासमिति सदस्य मणिप्रसाद शर्मा, महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, नेकपा एमालेका सचिवालय सदस्यद्धय धुव्रप्रसाद खरेल, सिद्धिचरण भट्टराई, नेकपा माओवादीका जिल्ला सदस्यद्धय कृष्ण ढकाल, टिका गौतम, विद्यालक्ष्मी गुरुङ्ग, गुणखर भूर्तेल, ऋषिराम  लामिछाने, ऋषिराम रेग्मी, पार्वती न्यौपाने, निलकण्ठ पौडेल, खैराज शर्मा, यम बहादुर गुरुङ्ग, प्रमोद खनाल, धनु पाण्डे लगायतले बोल्दै देवदहको शान्ति सुरक्षालाई कायम राख्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %