बहुप्रतीक्षित चलचित्र ‘प्रतिविम्ब’ साउन २१ देखि देशव्यापी प्रदर्शन हुने

Read Time:1 Minute, 51 Second

रूद्र श्रीसमगर

पोखरा, १९ साउन

पूराना निर्देशक किशोर रानाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘प्रतिविम्ब’ यही साउन २१ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

मगर संस्कृतिमा आधारित बहुप्रतीक्षित नेपाली कथानक चलचित्र ‘प्रतिविम्ब’लाई च्यारिटी शोमार्फत् यसअघि नै दर्शकले रुचाएका थिए । चलचित्रमा सञ्चारकर्मी तथा गायक मनसुधन थापा, नायिका पवित्रा सारू ‘डिम्पल’, गायक कुमार राना, मिस मगर हङकङ कमला पुनलगायतका कलाकारहरूको अभिनय छ ।

द लाफा आर्टस् इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्ममा किशोर रानाको लेखन र निर्देशन रहेको छ । राजकुमार ‘बगर’को शब्द, संगीत र कथा रहेको फिल्मको कोरियोग्राफी कमल राईले गरेका छन् । शंकर महर्जनको द्वन्द्व रहेको फिल्म यम आलेमगरले खिचेका हुन् ।

ज्ञानु थापामगर, के.बी राना, नेत्र थापा, चन्द्र ज्योति आलेमगर, अनिता रानामगर, छक्कु उदासी र गोमा पुनलगायतको २५ लाख रुपैयाँ लगानीमा बनेको सो चलचित्रमा लाहुरे संस्कृतिले पारेको प्रभावलाई देखाउन खोजिएको छ । च्यारिटी शोमार्फत् हेरेका दर्शकले चलचित्र मन पराइदिएको र अब पनि चलचित्रलाई दर्शकले मन पराउने विश्वास लिएको निर्माताहरूमध्येकी एक चन्द्र ज्योति आलेमगरले बताइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %