राष्ट्रिय जनमुक्ति पार्टीको बैठक सम्पन्न

Read Time:3 Minute, 41 Second

केहर सिं थापा मगर

काठमाण्डौं,अषाढ १८— राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम बैठक श्रावण १४ देखी सुरु भई १७ गते सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी पालुङाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकले विभिन्न निणर्य गर्यो जुन सल्लाहकारको नियुक्तिमा पूर्व सभासद् क्षमा राई,पूर्व सह अध्यक्ष मेजर श्रवण कुमार सुब्बा,खुजुङ सुब्बा र मेजर डि.एन. थापा चयन भएका छन् । बैठकले ३५ जना संघीय परिषद् सदस्य र ५० जना संघीय महासभाको सदस्यमा मनोनयन गरेको छ ।  

२९ दलीय गठवन्धनको रिले अनसनमा भाग लिएका २२ जना योद्धाहरुमा पार्टी सह अध्यक्ष मानध्वज ब्लोनको नेतृत्वमा उपाध्यक्ष द्धय बाबुकाजी महर्जन,सोविन थिङ र केन्द्रीय कोषाध्यक्ष डब बहादुर गर्बुजा,सचिव गंगा खासु मगर थिए । संघीय परिषद् सदस्यहरुमा डि.के. सूर्यवंशी,चित्रबहादुर अर्घेजा,होमलाल पुन,बोम दर्लामी,पूर्ण राना,के.बी. पुन,दिलबहादुर तामाङ, लिला पुन,शान्ति देवी,रणबीर आङबुहाङ,हुमबहादुर गुरुङ,मुरलिधर मिश्र,सूर्यमान तुम्बाहाम्फे,माधवराज गिरी,मानध्वज लिम्बु,रघु थापा मगर,श्याम परियारले भाग लिएका थिए ।

३९ दिने रिले अनसनमा १३८८ जना मध्ये  राष्ट्रिय जनमुक्ति पार्टीको तर्फ बाट २२ जनाले भाग लिएका थिए ।

पार्टी प्रवेशः

कुमार लिङदेनको पार्टी संघीय लिम्बुवान पार्टी नेपालका सांस्कृतिक विभागका उप प्रमुख राजन कुमार काफ्ले,माओवादी र कांगे्रस पार्टी परित्याग गरी रा.ज.मु.पा.मा प्रवेश गर्ने सुर्खेत १६ का मेकानिकल इन्जिनियर द्धोय शंकर राणा र दिपक बलमे पार्टी प्रबेश गरेका छन् । उनीहरुलाई पार्टीका बरिष्ट नेता डि.के. बुद्धिष्ट र पार्टी अध्यक्ष के.पी. पालुङाले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

बैठकले विभागीय प्रमुखको गठन गरी पार्टीका नेताहरुलाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टी सञ्चालन र विस्तारको लागि रु ५ करोडको जनमुक्ति अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको आन्तरिक लेखा समितिमा ५ जनाको समिति गठन गरेको छ ।

जसमा संघीय परिषद त्रय हुमबहादुर पचभैया थापा मगर,बोम दर्लामी मगर,मनधरी आले मगर र पदाधिकारी बाट दुई जना गरी ५ जनाको समितिले चौथो महाधिवेशन देखी हालसम्मको हिसाब किताबको  खोज तथा छानविन गरी हेटौडामा हुने आगामि दोस्रो बैठक असोजको १० देखी १२ गते पार्टीको आन्तरिक लेखा प्रतिवेदन समितिले बुझाउनेछ ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %