देब पचभैया
काठमाण्डौ, श्रावण १४ – बिहिबार बेलुकी निधन हुनुभएका बक्सिङका राष्ट्रिय खेलाडि इन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा मगर सस्कृति अनुसार अन्त्येष्टी गरिएको छ ।
आबुखैरनीको १७ सय फाटको शुक्रबार बेलुकी मश्राङदीनदीमा उहाका जेठा दाजु ठुर बहादुर थापाले ईन्द्र बहादुरको पार्थिब शरिरमा दागबत्ती दिएको नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापाले जानकारी दिनुभयो । ईन्द्र बहादुरका छोरा सानै भएकाले जेठा दाजुले दागबत्ती दिनुभएको छिमेकीहरुले बताएका छन् ।
आठौ दक्षिण एसियाली खेलकुद (साफ गेम्समा काँस्य पदक विजेता ) इन्द्र बहादुरको गए राती ललितपुर स्थित हरिसिद्धि नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । ४७ वर्षीय ईन्द्र बहादुर विगत २ वर्ष देखि आन्द्राको क्यान्सर रोगबाट पिडित हुनुन्थ्यो ।
श्रन्द्धान्जलीका लागी शुक्रबार बिहान ९ बजे देखि दसरथ रंगशालामा राखिएको उहाको पार्थिब शरिरमा बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बहादुर बिष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, सिनियर कोच प्रकाश थापा, पुर्ब प्रहरी माहानिरिक्षक कुवेर सिंग राना, प्रहरीका एसएसपि योगेश्वर रुमखामी, वलम्पिक कमिटिका महासचिब तेन्जिङ शेर्पा, खेलाडी, शुभचिन्तक लगाएतले श्रन्द्धान्जली दिएका थिए । २०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी १० बर्ष पछि सेवा बाट अवकास लिनुभएका ईन्द्र बहादुर २०५१ सालमा महेन्द्रनगर र २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक विजेता हुनु भएको थियो
को हुन् ईन्द्रं बहादुर !
बाबु सोम बहादुर मगर र आमा नन्दमाया मगरको साईला छोरा ईन्द्र बहादुरको २०२७ असार २० गते अवु खैरेनी गाविस–१ तनहुँमा जन्म भएको थियो । काठमाण्डौमा भएको आठौ साफ प्रतियोगितामा सन् १९९०, वाईएमसीए इन्टरनेशनल बक्सिङ्ग च्याम्पियनसीप (दिल्ली) ९९७० र मेयर्स कप मनिलार १९९० मा काँस्य पदक विजेता हुनु भएको थियो । वि.स. २०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथो) बाट सम्मानित हुनु भएका थापा सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई सिड्नी ओलम्पिकको छनोटमा दक्षिण कोरियामा पुग्नु भएको थियो ।
उहाका श्रीमती दिल कुमारी, १२ वर्षीय एक छोरा आयुस र एक छोरी ऐश्वर्या छन् ।
बिरामी भई लामो समय सम्म उपचारमा रहनुभएका ईन्द्रं बहादुरको आर्थिक अभाब भएको भन्दै बिभिन्न संघ सस्थाहरु बाट आर्थिक संकलन भैरहेको थियो । बिहिबार बिहान मात्रै ईन्द्र बहादुरको उपचारको लागी नेपाल प्रहरीको खेलाडी कोष मार्फत प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याले निजकी श्रीमती दिलकुमारी थापा मगरलाइ दुई लाख नगद सहयोग गर्नुभएको थियो ।