देब पचभैया
पाल्पा, श्रावण १२-निरन्तरको बर्षाले कालीनदी र रिडिखोला उर्लिएपछि धार्मिक एबं पर्यटकिय रुरु क्षेत्र जोखिममा परेको छ ।
{youtube}https://youtu.be/skDNHW2ugRA{/youtube}
पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडिका आधादर्जन टहरे पसल बगाउदा पुजा सामाग्री सहितका सामान बगाएको छ । अर्गली पाल्पामा रहेको ऋषिकेश्वर मन्दिरको २३ औ सिढि सम्म पानी आएको छ । गुल्मीको खेलमैदान पानीले पुरिएको छ ।
मंगलबार शव जलाउने ठाउ नभएपछि गुल्मी बाट ल्याइएका दुई वटा शव पाल्पा स्थित रिशिकेश्वर मन्दिर निरको उच्च भागमा जलाईएका छन् । २०१८ साल पछि यति ठुलो बाढी आएको ७३ बर्षिय मन्दिरका पुजारी कृष्ण प्रसाद भट्राईले जानकारी दिनुभयो ।