१२ अगष्ट २०१६ शुक्रबारका दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले २२औं विश्व आदिवासी दिवस कार्यक्रम भब्य मनाउने

Read Time:2 Minute, 36 Second

कार्यक्रम नजुधाउन महासंघ कतारको सार्वजनिक अनुरोध

कृष्ण सारू मगर
दोहा-कतार २१ जुलाई यही आउँदो १२ अगष्ट २०१६ शुक्रबारका दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारले २२औं विश्व आदिवासी दिवस कार्यक्रम भब्य मनाउने भएको छ ।

महासंघमा आवद्ध रहेका विभिन्न भात् संस्थाहरूको एक मात्र छाता संगठन नेपाल प्रवासी आदिवासीजनजाति महासंघले २२औं विश्व आदिवासी दिवसको अवसरमा आ-आफ्नो जातिय पहिचान झल्किने विविध साँस्कृतिक झाँकी सहित ब्यक्तित्व विकास संगै, संस्था बिच प्रतिस्पर्धात्मक मातृ भाषाको साहित्यिक कविता वाचन छनौटमा परेकालाई उचित पुरस्कारको ब्यवस्था समेत गरेको संघका द्धितिय उपाध्यक्ष लिलम चिदी मगरले राज्यसत्ता डटकमलाई जानकारी दिनु भएको छ ।

मध्ये पूर्वीय राष्ट्रको कतारमा समाजिक अवधारणा बोकी स्थापित कतार शाखाले १२ अगष्ट २०१६ सुक्रबार २२औं विश्व आदिवासी दिवस कार्यक्रम आयोजना गरेको हुँदा उक्त दिन कार्यक्रम नजुधाई दिनु हुन संवन्धित सबैमा अनुरोध गर्दै, विभिन्न संघ-संस्था एवंम् संगठनका प्रमुख लगायत संवन्धित सबैमा जानकारीका लागि यो सुचना सार्वजनिक गरेको हो ।

प्राविधिक समस्याका कारण उक्त कार्यक्रमको निमन्त्रणा पत्र प्राप्त नभएमा यसै सुचनाको आधार मानी विभिन्न जातिय, क्षेत्रिय, वर्गीय, धार्मिक संघ, संस्था, संगठन, उधोग ब्यवसायी, समाजसेवी तथा विशिष्ट सम्मानित ब्यक्तित्व एवंम् स्थानिय पत्रकार लगायत समस्त आदरणीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा गरिमामय उपस्थितिका लागि आयोजक समिती परिवार सादर निमन्त्रणा गरेको छ ।
नोट: साहित्य कविता वाचन दर्ता मातृ संस्थाको हकमा मात्र लागू हुने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %