कृष्ण सारू मगर
दोहा-कतार ,२५ जुलाई “पुर्ण सामाजिक सहितको सम्मानित बैदेशिक रोजगार , समुन्नत राष्ट्र निर्माणको आधार ” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघले मध्यपुर्व संयोजक डिबी क्षेत्रीको सभापतित्वमा भएको पाँचौ क्षेत्रीय सम्मेलन जुलाई २१ र २२ दुई दिन सम्म चलेको भेलाले दोहाको मिलिनियम होटल स्थित विभिन्न तेह्रबुँदे घोषणापत्र जारी गरी कार्यक्रम सम्पन्न गरेको छ ।

सम्मेलनका लागी नेपाल सरकारको प्रतिनिधित्व प्रमुख अतिथिमा नेपाली दुतावासका का.वा. महामहिम राजदुत मणिरत्न शर्मा, NRNA ICC का अध्यक्ष शेष घले गुरूङ, NCC का अध्यक्ष विनेश तामाङ लगायत विशिष्ट ब्याक्तित्वहरूले राष्ट्रिय गान संगै पाँचवटा द्धिप क्रमशः प्रज्वलन गर्दै उद्घाटन भएको थियो ।
बुधवार देखी नै चहलपहल रहेको कतारमा मध्यपुर्वको सम्मेलनका लागि बहराईन बाट प्रतिनिधित्व गर्दै संघमा आवद्ध दुई महिला सहित आठ जनाले पदाधिकारीले सहभागिता जनाएको सम्मेलनमा कुवेत, साउदी, यूएई, ओमन, लेवनान साथै कतारका ICC तथा NCC का प्रतिनिधीले सहभागीता जनाएका थिए भने NRNA का सदस्यले मात्रै (यूएस ५०$ डलर) अर्थात् क.रि. १८३ दस्तुर बुझाई प्रवेश अनुमति दिएको पाँचौ मध्यपुर्वको सम्मेलनमा कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनमा आवद्ध पदाधिकारीहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
गैर आवासिय नेपाली संघ आईसिसिका अध्यक्ष शेष घले गुरूङले भने गलत कार्यको कदापी स्वीकार्य नहुने धारणा राख्दै नेपालीले नेपालीलाई नै शोषण गरी ठगी गर्ने फसाउने सबैभन्दा ठूलो अपराध हो । सबैले सतर्क र सावधान अपनाउनु पर्ने र त्यस्ता समस्याको अन्त्य गर्न जोड दिनु पर्ने उनले थप्दै भने एउट एनसीसीको गल्ती बाट सबैको विस्वास खस्किन सक्छ भन्दै, अध्यक्ष घलेले सबै एनसीसी लाई आर्थिक पारदर्शिमा जोड दिन आग्रह गर्दै शुभकामना मन्तब्यको क्रममा आफ्नो धारणा राख्नु भएको हो ।
प्रमुख अतिथि नेपाली दुतावासका का.बा महामहिम राजदूत मणिरत्न शर्माले भन्नू भयो आपतकालीन समस्या र समाधानका लागि दूतावास जुनसुकै बेला नेपाली श्रमिकलाई सहज सेवा दिन तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै आश्वासन दिनु भएको छ ।
१३ बुद्धे घोषणा पत्रको पुर्ण पाठ तल दिइएका छन ।

