पवित्रा पंगिनी
काठमाडौ,अषाढ ८– २०७३ साउन ७ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा वरिष्ठ गायक अरुण थापाको १७ औं स्मृति दिवस सम्पन्न भएको छ । नेपाल सरकारबाट गरीएको यो पहिलो कार्यक्रममा नेपालमा नाम चलेका मुर्धन्य कलाकारहरुको जमघट भएको थियो ।
संस्थान र शुभारम्भ द म्यूजिकल जर्नीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ गायक तथा संगीतकार जगतमर्दन थापा, मानव अधिकार आयोगका प्रवक्ता मोना अन्सारी, वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल, संस्थानका महाप्रवन्धक राजेश थापा मगर, लोक सेवा आयोगका उपसचिव सुर्यनाथ कोईराला, केशव पाठक, वसन्त क्षेत्री लगायत वरिष्ठ गायक, गीतकार तथा संगीतकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चेतन कार्की र विशिष्ट अतिथि जगत मर्दन थापाले संयुक्त रुपमा पानसमा दियो बालेर गरेका थिए ।
साउन ७ गते दिनको ३ बजे शुरु भएको श्रद्घाञ्जलि साँझ कार्यक्रममा अरुण थापाद्घारा गाईएका गीतहरुलाई श्रद्घाञ्जलि स्वरुप नयाँ पुस्ताका कलाकारहरुले गाएका थिए । प्रकाश सायमी तथा शैलेस सिंहको संयोजन रहेको उक्त कार्यक्रमको संचालन प्रकाश सायमीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि चेतन कार्कीले आफ्नो मन्तव्यको क्रममा कला क्षेत्रलाई अनुत्पादक भन्ने राज्य व्यवस्थालाई यस्ता कार्यक्रमले सहयोग गर्न राज्यलाई वाध्य बनाउने र यस्तो कार्यक्रम निरन्तर रुपमा भईरहनु पर्ने बताएका थिए ।
संस्थानका महाप्रवन्धक राजेश थापाले सांस्कृतिक संस्थान संधै गुल्जार होस भन्दै आफ्नो छोटो मन्तव्य राखेका थिए । जगत मर्दन थापाले कुनै पनि श्रष्टाको बैगुन होईन गुनहरु पनि सम्झनु पर्छ र यो कार्यक्रम त्यसैको श्रृङ्कला हो भनेका थिए ।
कार्यक्रममा गायक अरुण थापाका चर्चित बाहृ वटा गीतहरु गाईएको थियो । पहिलो चरणमा संगीता शाक्यले भैरवनाथ रिमालको शब्दमा लाग्न थाल्यो जीवनमा…..भन्ने गीत गाएकी थिईन भने दोस्रो चरणमा लोचन भट्टराईले सुवास चन्द्र ढुंगेलको शब्दमा चोट के हो व्यथा के हो…..गीत गाएकी थिईन त्यसै गरी शैलेस सिंहले म रोए पनि तिमी हाँसि दिनु……मिना निरौलाले मेरो गीत सबै तिमिलाई…….दृष्टि विहीन उत्सव नेपालले यो मनको के भर हुन्छ……, देवेन्द्रमान सिंहले विक्रम मुकारुङको शब्द र संगीतको भुलु भुलु लाग्यो मलाई……त्यसै गरी सरिता शाहीले जति माया लाए पनि…….गीत प्रस्तुत गरेकी थिईन । सुरज थापाले साँझको जुन संगै……, बेनुका राईले आँखाको नीद खोसि लाने……त्यसै गरी अन्तिम प्रस्तुति आकाश थापाले ऋतुहरुमा तिमी…….जस्ता अति मार्मिक र ओझिला गीतहरु प्रस्तुत गरेका थिए जसमा वाधवादनमा तबलामा मनराज नकर्मी, अक्टो प्याडमा तेजु श्रेष्ठ, गिटारमा विक्रम कार्की, बेस गिटारमा आकाश गोर्खाली, हार्मोनियममा शैलेस सिंहले साथ दिएका थिए ।
(पवित्रा पंगिनी सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सन्चार सचिब हुन)