२६ बर्ष पछि जनमुक्ति पार्टीमा नया नेतृत्व : अध्यक्ष पालुङ्गा(भिडियो अन्तरबार्ता सहित )

Read Time:2 Minute, 23 Second

देब पचभैया

बिचारले स्थान पाएको छ, अध्यक्ष पालुङ्गा भन्छन् पार्टीले सत्ताको नेतृत्व नगरेपनि 

काठमाण्डौ, श्रावण ६-राष्ट्रिय जनुमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्गाले आफ्नो पार्टीले सत्ताको नेतृत्व गर्न नसकेपनि पार्टीको बिचार सत्तामा पुगेको बताउनुभएको छ । समाबेसी, गणतन्त्र, पहिचानको संघियता लगाएतका मुद्दाहरु आफ्नो पार्टीले २६ बर्ष अघि देखिनै उठाउदै आएको दावी गर्दै अध्यक्ष पालुङ्गाले अव जनमुक्ति पार्टीलाई नेपाली राजनितिमा तेश्रो धारको रुपमा स्थापित गराईछाड्ने बताउनुभयो ।

भाग १

{youtube}https://youtu.be/uVCc_3BzqZE{/youtube}

राज्यसत्ता डट कम संगको कुराकानीमा उहाले एमाले माओबादीको एक धार, नेपाली काग्रेसको अर्को धार र तेश्रो धारको रुपमा जनमुक्ति पार्टीलाई खडा गर्ने अठोटका साथ अघि बढेको जानकारी दिनुभयो ।

फुर्सदको राजनितिले लामो ईतिहास बोकेको पार्टी अगाडी बढ्न नसेकेको भन्दै अव पार्टी सुद्धिकरण गर्दै लाखौ होलटाईमर कार्यकर्ता बनाएर सक्रिय राजनितिलाई अगाडि बढाउने उहाको भनाई छ ।

जनमुक्ति पार्टी अरु जस्तो अहिले सम्म नहराएको भन्दै उहाले रोग लागेका हागा बिगाहरु  छिमलिएको मात्रै जिकिर गर्नुभयो ।

भाग २

{youtube}https://youtu.be/NIbOPVvB3-s{/youtube}

केही साथीहरु लोभमा परेर बाहिरिएका हुन्, उहाले भन्नुभयो “बिचार मिल्नेहरु संग एकता हुन सक्छ तर पार्टी सिद्धिने गरी होईन ”।

अहिलेको संबिधान प्रति आफुहरुको सहमति नभएको भन्दै जनमुक्ति पार्टीका अध्यक्ष पालुङ्गाले संघिय गठबन्धनको मोर्चामा सामेल भएर आन्दोलनलाई सक्रिय बनाएको जानकारी दिनुभयो ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %