बहराईन सरकारले नेपाली श्रमिकको नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै

Read Time:1 Minute, 30 Second
कृष्ण सारू मगर 

मानमा-बहराईन १९ जुलाई । यहि आउँदो २३ जुलाई सुक्रबारका दिन साँझ ६:३० बजे देखि बहराईनको राजधानी मानमा स्थित केरला समाजको प्राङ्गणमा नि:शुल्क स्वास्थ्य परिक्षण गराउने भएको छ ।
पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण मानिसलाई बच्ने विभिन्न विकल्प र उपायका बारेमा बहराईन सरकारको Ministry of Labour & Social Development विभागले स्वास्थ्य सम्वन्धी नि:शुल्क चेक जाँच तथा उचित परामर्श दिन देहाय बमोजिमको मिति, समय र स्थानमा उक्त शिविरको आयोजना गरेको हो ।
नेपाली दुतावासलाई प्राप्त जानकारी अनुसार नेपाली श्रमिकहरूलाई लक्षित गरी स्वास्थ्यमा हुन सक्ने विविध समस्या र समाधान प्रति विषेश ध्यान राख्दै आयोजना भएको शिविरमा सहभागी भै स्वास्थ्य परिक्षण गरि प्रत्यक्ष लाभ लिनका लागि विभिन्न स्थानीय नेपाली संघ, संस्था, संगठन मार्फत दुतावास बहराईनका श्रम सहचारी जगदिश चन्द्र सिवाकोटीले जनहितका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %