केहर सिं थापा मगर
काठमाण्डौं,श्रावण ४-आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा कांस्यपदक जितेका बक्सर इन्द्रबहादुर मगर क्यान्सरको उपचार गर्ने क्रममा आर्थिक संकटमा परेका छन्।
बाबु सोम बहादुर मगर र आमा नन्दमाया मगरको कोख बाट साइलो छोराको रूपमा बक्सर इन्द्रबहादुर मगर वि.सं.२०२७ साल असार २० गते आवु खैरेनी गा.वि.स.सत्र सयफाँट वडा नं. १,तनहुँ जिल्लामा जन्मेका हुन् ।
वि.सं.२०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथों) ले सम्मानित भएका उनी सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए र सिड्नी ओलम्पिकको छनोटमा सहभागी हुन दक्षिण कोरिया पुगेका थिए। त्यसपछि उतै हराएका थिए।
२०५१ सालमा महेन्द्रनगरमा र २०५३ सालमा मएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएको उनी काठमाडौंमा भएको आठौं साफ गेम्स (सन् १९९९), वाईएमसीए इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (दिल्ली/१९९७) र मेयर्स कप (मनिला/१९९८) मा कांस्य हात पारेका उनलाई गत वर्ष आन्द्रामा समस्या देखिएको थियो। ‘क्यान्सर भएको रहेछ,’ गत वर्ष स्वदेश फर्किएका ४६ वर्षीय उनले भने, ‘फोक्सो र कलेजोमा पनि समस्या देखियो। कोरियामै उपचार गराउँदा कमाएको सबै पैसा खर्च भयो।
पहिले आफ्नै पैसाले किनेको डाइट (पोषणयुक्त खाना) खाएर देशका लागि खेलेको थिएँ। सरकारले उपचारमा सहयोग गर्नुपर्यो,उनले हाम्रो संम्वादाता लार्इ भने ।
उनको परिवारिक पृष्ठभूमि श्रीमती दिल कुमारी थापा वर्ष ३७ सहित १३ वर्षीय एक छोरा आयुस र एक छोरी ऐश्र्वया रहेका छन् ।
उनका अनुसार उपचारमा करिब ६० लाख रुपैयाँ खर्च भइसकेको छ। पाँचपल्ट घरेलु प्रतियोगितामा स्वर्ण जितेका उनले तेइक्वान्डोका खेलाडि दिपक विष्ट मार्फत,राष्ट्रिय खेलकुद कल्याणकारी कोष बाट रू. ५००००, अमेरिकामा रहेका राष्ट्रिय खेलाडीहरूले सहयोग गरी २ लाख ८० हजार गरी हाल सम्म ३ लाख ३० हजार पाएको बताए।
उनी २०४६ सालमा नेपाली प्रहरीमा प्रवेश गरी १२ वर्ष सम्म देशको सुरक्षार्थमा सेवा गरेका र राष्ट्रको खेल जीवनमा महत्वपूर्ण योगदानको कदर गर्दै उहाँको स्वास्थय उपचारको लागि नेपाल सरकार र स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीहरूमा आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।