दिपा आले मगर
काठमाण्डौ,श्रावण ४ -“१७ औं अरुण स्मृति सभा तथा अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह एवं सम्मान” कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले स्वर्गीय गायक अरुण थापाको सम्झनामा राष्ट्रिय कार्यक्रम गर्दै आएको हो । संघले आयोजना गरेको कार्यक्रम संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील विशिष्ठताको आधारमा एक जना कलाकारलाई नगदसहित पुस्कृत सम्मान गर्नेछ ।
श्रावण ५ गते लोकप्रिय गायक अरुणलाई सम्झेर उनकै सदाबाहार गीतहरु गाएर सम्मान कार्यक्रम मनाइनेछ । अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह एवं सम्मान कार्यक्रमको उद्घाटनकालागि संस्कृति, पर्यटयन तथा नागरीक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेल आउनु हुनेछ । साथै कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुको सहभागिता हुनेछ ।
कार्यक्रममा संघलाई लामो समय देखि आर्थिक, भौतिक र नैतिक साथ र सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरिनेछ ।