आदिवासी फिल्मलाई सम्मान

Read Time:2 Minute, 6 Second

राज्यसत्ता,
काठमाडौं,श्रावण ३ – चलचित्र विकास बोर्डले विभिन्न आदिवासी जनजाति फिल्मलाई ‘प्रोत्साहन सम्मान’ दिएको छ। विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिले मुलुकभित्र विभिन्न भाषामा बनेका फिल्महरूलाई सम्मान दिएको हो। सम्मान पाउनेमा नेवारी भाषाको ‘कृषा गौतमी’, गुरुङ भाषाको ‘कर्म क्यां’, किरात राई भाषाको ‘यारी’, याक्खा भाषाको ‘ओम्ला’ र राजवंशी भाषाको फिल्म ‘दखल’ छन्। प्रवद्र्धन समिति सम्मान भने गुरुङ फिल्म ‘पाते २’ले पायो। 
समितिले यस वर्षको प्रतिभा सम्मान पुरस्कार मोफसलमा बसेर आदिवासी जनजाति चलचित्रमा लामो समयदेखि निरन्तर योगदान पुर्‍याएका धरानका अरुण प्रधानलाई दियो। सम्मानित प्रधानले हालसम्म लिम्बू, राई, मगर, राजवंशी, थारू र याक्खा भाषाको फिल्म तथा डकुमेन्ट्री फिल्म निर्देशन गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सम्मान प्रदान गरे। 
समारोहमा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले मातृभाषी फिल्मका लागि राज्यले छुट्टै सुविधाको व्यवस्था गर्नुपर्ने बताए। बोर्डका अध्यक्ष राजकुमार राईले राज्यको प्रक्रियाअन्तर्गत फिल्म निर्माण गरी राज्यबाट प्राप्त सुविधा उपभोग गर्न आदिवासी जनजाति चलचित्रकर्मीहरूलाई आह्वान गरे।
साभार : कान्तिपुर बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %