कृष्ण सारू मगर
दोहा-कतार १८ जुलाई जहाँ मगर त्यहाँ मगर संघ भन्ने उद्धेश्यका साथ स्थापित “सम्पुर्ण मगरहरुको एकता ! अहिलेको आवश्यकता !!” भन्ने मुल नाराका साथ मगर समुदायहरूको छाता संगठन नेपाल मगर संघ, शाखा मगर-संघ कतारले ईतिहास र संस्कार, संस्कृतिको संरक्षण-संवर्द्धनमा टेवा दिँदै ग्राण्ड मल स्थित क्रिकेट खेल मैदानको प्राङ्गणमा प्रथम भुम्या महोत्सव कार्यक्रम आदिवासीजनजाति महासंघका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा भब्य संपन्न गरेको छ ।
राष्ट्रिय धुन र मगरहरूको राष्ट्रिय गीत संगै अज्ञात प्रथम शहिद क्या. लखन थापा मगर तथा ज्ञात अज्ञात शहिदको सम्झनामा एक मिनेटको मौनधारण पश्चात् औपचारिक कार्यक्रम अघि बढेको थियो ।
विशेष गरी पश्चिमी १८ मगरात अन्तर्गत खाम भाषिक मगरहरूले मनाउने महोत्सवका संयोजक अभिमत पुन मगरले भुम्या पर्वका बारेमा प्रष्टाउँदै शुभकामना मन्तव्य राखेका थिए ।
गरिब तथा जेहेन्दार मगर विधार्थीका लागि सह्योगार्थ अक्षकोष स्थापना नेपाल मगर संघ कतार शाखाले प्रथम भुम्या महोत्सव कार्यक्रमको आयोजना गरेको हो ।
बलविक्रम थापा मगर र सरिता गुरूङ श्रेष्ठको निक्कै घम्सा-घम्सी रहेको “झिम-झिम सानु”…बोलको राष्ट्रिय लोक तथा दोहरी गीतले मनोरञ्जन लिएका दर्शक तथा श्रोता उत्साहित थिए ।
जब साँस्कृतिक विभाग सल्लाहकार समेत रहेका जनक थापा मगरको संयोजनमा रहेको महिला तथा पुरूष कलाकार समुहले प्रदेशी हुनुको विवशता र बाध्यता संग गाँसिएका कथा वस्तुमा आधारित “कैलासै बाट छुट्टीमा झर्यो है रिमै काँधैमा तीरशुल”… बोलको ठाडो भाका गीतमा प्रस्तुति अभिनयले उपस्थित सबैलाई एका-एक शुन्यतामा ल्याएको थियो ।
विभिन्न विधाका कलाकारले आ-आफ्नो प्रतिभा प्रस्तुत रहेको भुम्या महोत्सव सम्बोधन गर्दै, साँस्कृतिक विभाग सचिव सोम थापा मगर तथा विभागीय संयोजक समेत रहेकी संचालिका इशोरा थापा मगरले दिँदै थपिन कि, गीत, संगीत र कलाले हरेक मानिसको विभिन्न आवश्यक मध्ये एक रहेको उनको भनाई थियो ।
प्रमुख अतिथि सियाराम चौधरी, विशेष अतिथि NRNA NCC का अध्यक्ष विनेश तामाङ, संघका भुतपुर्व अध्यक्ष भिम तरामु मगर, अतिथि नेपाली महिला समाजकी अध्यक्ष रेखा राई सुनुवार सेवा समाजका अध्यक्ष नर बहादुर सुनुवारले मातृ संघको ईतिहास, पहिचान र अस्तित्व हुन् भन्दै परम्परागत संस्कार संस्कृतिको संरक्षण संवर्द्धन गर्नु पर्ने महत्त्वका बारेमा शुभकामना दिएका थिए । अन्य विभिन्न जातिय, क्षेत्रिय, संघ, संस्था संगठनका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए थिए ।
मगर समुदायको परम्परागत ईतिहास, संस्कार संस्कृतिको पद्धतिमा आधारित मगर चलचित्रका लागि उक्त भुम्या महोत्सव कार्यक्रमको निरजन राना मगरले डकुमेन्ट्री संकलन गरेका छन् ।
विभिन्न जातिय, क्षेत्रिय, वर्गीय, संघ, संस्था संगठनका प्रतिनिधि, संघको मातहतमा रहेका विभिन्न विभागीय प्रतिनिधि तथा नौ वटा शाखाका तथा एरिया समितिका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा कलाकार, उधोग, ब्यावसायी साथै, स्थानिय पत्रकार, एवंम् विशिष्ट ब्याक्तित्व आगन्तु पाहुनागणलाई इसोरा थापा मगर, श्रृजना रेश्मी मगर, सोनिया मगरको सह्योगमा जानू थापा मगरले स-सम्मान पवित्र खादाले स्वागत गरेकी थिइन ।
संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्व रहेको प्रथम भुम्या महोत्सवको आदिवासीजनजाति महासंघका द्धितिय उप-अध्यक्ष समेत रहेका संघका द्धितिय उप-अध्यक्ष लिलम चिदि मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।