साउदीमा पुनर्जन्म पाएर नेपाल फर्केका सम बहादुर मगरलाई २ लाख ८१ हजार रुपैयाँ आर्थिक सहयोग

Read Time:8 Minute, 20 Second

रूद्र सारू मगर

नेपाल मगर संघ, प्रवास शाखा साउदी अरबको सक्रियतामा अनि संघकै वरिष्ठ सल्लाहकार हुम सुनारी मगरको विशेष पहलमा मिति २०७३ साउन २ का दिन लमजुङको बेसि शहरमा लमजुङ मगर संघले आयोजना गरेको एक विशेष कार्यक्रम बिच लमजुङ मगर संघका अध्यक्ष राम माया थापामगर तथा मगर गगुवाहरु लगाएत पत्रकारज्युहरुको उपस्थितिमा केन्द्रिय कोषाध्यक्ष श्रीमती कमला थापा मगरको हातबाट २८१००० (अक्षररुपी दुई लाख एकासी हजार) पीडित सम बहादुर थापा मगरको परिवारलाइ हस्तान्तरण भयो । जसमध्य नेपाल मगर संघ, शाखा साउदी अरबको तर्फबाट सा.रि. ४०४०/- हुम सुनारी मगर तथा दूतावासको पहलमा साउदी स्पोन्सरबाट उपलब्ध सा.रि.३०००/- दुइवटा बिज्नेस क्लास हवाइ टिकटको स्पोन्सर र मेनपावरबाट प्राप्त भएको रकम (सा.रि.८०००/+४०००/-) जसमध्ये दुइ वटा बिज्नेस क्लास टिकटको सा.रि.१०४६५/-कटाइ बाकी रकम सा.रि.१५३५/-र १४०१ अन्य र आफन्त सहयोगी मनहरुबाट संकलन गरि जम्मा सा.रि.९९७६/-अथवा नेपाली रु.२८१०००/-सम बहादुर थापाको परिवारलाई हस्तान्तरण गरियको हो ।

   
लम्जुङ्गका सम बहादुर मगर ८ महिना अगाडी वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । उनि साउदी पुगेको ४ महिना नबित्दै शौचालयमा लडेर गम्भीर दुर्घटनामा परे । उनि उच्च रक्तचाप र मधुमेह रोगका कारण पक्षाघात भएर शौचालयमा लडेको अनुमान गर्न सकिन्छ । सँगै काम गर्ने साथिहरूले शौचालयको ढोका फोरेर उनलाई समय मै अस्पताल पुर्याउन सफल भएका थिए ।

संजोगबस, उनलाई रेडक्रसको एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो । साउदी रेडक्रसको एम्बुलेन्स मार्फत साउदी-जर्मन अस्पताल पुर्याइएकोले बिना कुनै अवरोध उनलाई अस्पतालले आइ.सी.यु. मा भर्ना गरेर सघन उपचार गरियो । उनको मस्तिष्कमा गम्भीर असर परेको र पानी पनि जमेकोले उनलाई दुई पटक सम्म वि.पि. शंट सर्जरी गरियो ।

उनलाई आइ.सी.यु. मा राखेर अढाई महिनासम्म निरन्तर उपचार गरेपछि उनको होस् खुल्यो । त्यसपछि उनलाई सामान्य वार्डमा राखेर थप एक महिना फिजियो थेरापी र सामान्य नर्सिङ्ग केयरिङ्ग गरि उपचार गरियो ।

साढे तीन महिनाको उपचारपछि उनि सामान्य अवस्थामा आए । तर, उनि एक तर्फको शरीर पक्षाघात भएको कारणले प्रष्ट बोल्न र हिड्न सक्ने अवस्थामा आउन सकेका छैनन । उनलाई थप फिजियो थेरापी गराउनु अत्यावश्यक छ ।   

उनको उद्धार कसरि सम्भव भयो ?

सम बहादुर मगरलाई अस्पताल भर्ना गरिएको दुई हप्ता पछि केहि मेडियाहरूले “साउदीको जर्मन अस्पतालमा एक नेपाली अलपत्र” भनि शिर्षक राखेर समाचार सम्प्रेषण गरेको लम्जुङ लिल्ला निबासी हाल साउदी अरब, नेपाल मगर संघको सहकोषाध्यक्ष सुनोद थापा मगरले नेपाल मगर संघ शाखा, साउदी अरबलाई बैठकमा जानकारी गराए लगतै सो बैठकले एजेन्डाकै रूपमा निर्णय गरि नजिक पाहेक पर्ने संघकै वरिष्ठ सल्लाकार तथा समाजसेवी हुम सुनारी मगर संगको परामर्स पछि  बिरामीलाई भेट्ने र उनको उपचारमा संलग्न डा. मोहम्मद आदेल याहयासँग उनको अवस्था बुझ्ने कार्य भयो ।

त्यतिन्जेलसम्म सम बहादुर मगरको अवस्था बुझ्न उनकै साउदी स्पोन्सर पनि अस्पताल नगएको अस्पतालले बताएको थियो।

बिरामीको अवस्था र उनको सबै विवरण अस्पतालबाट हुम सुनारी मगरले प्राप्त गरेपछि नेपाली दूताबास, रियादमा जानकारी गराएका थिए । सुनारी मगरले नै बिरामीलाई साउदी पठाउने मेनपावर पत्ता लगाएर मेनपावर अक्सफोर्ड इन्टर्नेशनलबाट बिरामीको स्पोन्सर पत्ता लागेको थियो । स्पोन्सरलाई तुरुन्तै सम्पर्क गरि उनलाई सुनारी मगरले भेटेरै बिरामीको उपचारमा सहयोग गर्न दवाव दिएका थिए ।

सुनारी मगरले बिरामीको बारेमा नेपाली दूताबासका कार्यवाहक राजदूत, आनन्द प्रसाद शर्मालाई जानकारी गराएपछि दूताबासले श्रम सहचारी अम्बिका प्रसाद अधिकारीलाई बिरामीको अवस्था बुझ्न अस्पताल पठाउने कार्य भयो । 

साउदी-जर्मन अस्पतालले सम बहादुर मगरलाई तीन महिना १२ दिनसम्म उपचार गरेपछि उनलाई डिस्चार्ज गर्ने जानकारी सुनारी मगरलाई भयो । उनलाई डिस्चार्ज गर्नुभन्दा अगावै उनलाई स्वदेश फर्काउने प्रक्रिया पुरा गर्नुपर्ने भएकोले दूताबासका अधिकारीले प्रक्रिया पुरा गर्न बिशेष भूमिका खेल्यो । त्यतिमात्रै नभएर बिरामी र उनको साथमा नेपाल जाने सहयोगीको लागि बिरामीको स्पोन्सर र मेनपावरमार्फत दुईवटा बिज्नेस क्लासको हवाई टिकट व्यवस्था गर्न लगाउन दूताबासले बिशेष भूमिका खेल्यो ।

सम बहादुर मगरलाई साउदी-जर्मन अस्पतालका डा. मोहम्मद आदेल याहयाले व्यक्तिगत जिम्मा लिएर पाच लाख दश हजार साउदी रियाल अथवा झन्डै डेढ करोड नेपाली रुपैयाँ बराबरको उपचार खर्चको बिल अस्पतालले मिनाहा गरेको बुझिएको छ । यस महान मानविय कार्यलाई उच्च सम्मान गर्दै एक नेपाली नागरिकलाई बचाएर नेपाल पठाउन सफल व्यक्ति डा. मोहम्मद आदेल याहयालाई नेपाल सरकारले नै सम्मान गरेपनि उनले पुर्याएको गुण तिर्न सकिदैन । 

पहिलो पटक सम बहादुर मगरलाई रियादको अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएर रातभरको प्रयासका वावजुत पनि एअरलाइन्सले बोर्डिङ् पास दिन अस्वीकार गरेपछि दोस्रो दिन पनि दूताबासले उनलाई स्वदेश पठाउन खेलेको भूमिका अत्यन्तै सर्हाहनीय रहेको थियो ।  

यस मानविय कार्यमा अहम भूमिका खेल्ने नेपाली दूताबास रियाद, बिशेष गरि कार्यवाहक राजदूत आनन्द प्रसाद शर्मा, श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, समाजसेवी हुम सुनारी मगर, नेपाल मगर संघ शाखा साउदीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लगायत आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूको पनि सम बहादुर मगरलाई नयाँ जीवन दिलाउन उत्तिकै भूमिका रहेको छ । वहाँहरू सम्पूर्ण प्रति नेपाल मगर संघ शाखा साउदी अरबले हार्दिक आभार प्रकट गर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %