कतारमा नवोदित साहित्य वाचनालयको महादिवेशन सम्पन्न

Read Time:3 Minute, 13 Second

नवराज बि.क.

कतार, जुलाई १७- ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल उद्घोषका साथ नवोदित साहित्य वाचनालय कतारले २०२औँ भानुजयन्तीका अवसरमा सहित खुला कविता प्रतियोगिता कार्यक्रम सहित आठौँ अधिवेशन सम्पन्न गरेको छ ।

संस्थाका पुर्व अध्यक्ष रवीन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्वमा सीताराम थापालाई सर्वसहमति बाट चयन भएका हुन् ।

प्रथम उपाध्यक्ष लेख कार्की, द्वितीय उपाध्यक्ष ईश्वर शाही, मोबाइल तथा पुस्तकालय संयोजक टीका खड्का, महासचिव दीप मिलन, सचिव राजन लामा, कोषाध्यक्ष दिलीप पराजुली र सह(कोषाध्यक्ष ईश्वर राई रहेका छन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको समेत सहकार्यमा भएको खुला कविता प्रतियोगिताको विजयी प्रथम इनोसेन्ट राजन, द्वितीय रुप रसाइली, तृतीय दीप मिलन तथा सान्त्वना निराजन लुइँटेल भएका छन् । उक्त प्रतियोगिताको उत्कृष्ट वाचक रेशम बस्नेतले हात पारेको हो । विजेताहरूलाई कार्यक्रम आयोजकले क्रमशः पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडेले उक्त कार्यक्रमलाई संवोधन गर्दै पत्रकार, कलाकार र कलम नङ र मासु भएकोले नेपाली भाषा र साहित्यको विकासमा जोड दिनु पर्ने धारणा राख्दै सबैले अझ बढी सशक्त रुपमा लाग्नु पर्ने बताउनु भएका उहाँले प्रतियोगिताको विजयी सबैलाई प्रगतिको कामना सहित बधाई दिएको छ । महादिवेशन बाट नवनिर्वाचित सबै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना सहित बधाई दिनु भएको थियो ।

विविध समस्याका बावजुद पनि समाजलाई यहाँ सम्म ल्याउने अग्रणी भुमिका र सबैको अथक प्रयास र निरन्तरताले सफल भएकोमा सन्तुष्ट रहेको बताउने उहाँले थप्दै भन्नू भयो की नेपाली भाषा र साहित्यलाई संरक्षण राख्न सबैको साथ, सह्योगले मात्रै नेपाली भाषा र साहित्य विकाशको साहित्यानुरागी तथा नेपाली समाजलाई प्रवासमा बचाई राख्नेमा विस्वस्त रहेको पुर्व अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %