सोम बहादुर भन्छन् : ‘जिउँदै नेपाल फर्कन पाएँ, मरे पनि खुशी छु’

Read Time:4 Minute, 22 Second

कृष्ण आले मगर

 लमजुङ, श्रावण १-हँसिलो अनुहार, सर्कक्क मिलेको जीउडालका सोम बहादुर मगर बाक्य फुराएर बोल्न सक्नुहुन्न । हस्पिटलको बेडमा रहनु पर्ने सोमबहादुर घरको ओछ्यानमा थलिनुभएको छ र पनि आफ्नो जन्मभुमि फर्किन पाएकोमा उहालाई गर्व छ ।

आफू र परिवारको उज्जवल भविष्यको सपना बोकेर साउदी अरब पुगेका उहालाई सपनाले धोका दियो । बैदेशिक रोजगारमा भएका दुखद क्षणहरु बिर्सेर परिवारसँग रमेका ४८ वर्षीय सोम बहादुरले बिगत सम्झनुभयो ,  ‘जर्मन अस्पतालको बेडमा होस खुलेपछि नेपाल सम्झेर रोएँ । घर परिवार सम्झेर रोएँ । नेपाल फर्किन पाउँदिन कि भन्ने चिन्ताले सताएको थियो । आफ्नो जन्मभुमि फर्कन पाएँ । अब त मरे पनि खुशी छु ।’

साउदी अरवको जर्मनी अस्पताबाट नेपाल लिएर आउँदा काठमाडौंमा भाइ लक्ष्मण मगरलाई बासबारी स्थित न्यूरो अस्पतालमा उपचारको लागि लैजान शुभचिन्तकहरुले सल्लाह दिएका थिए । तर भाइ लक्ष्मणलाई बिरामी दाजुलाई हस्पिटल लाने आँट आएन , सिधै घरमा ल्याउनुपर्र्यो । पैसा नभएकाले श्रीमानको  उपचार गर्न नसकेको सोमबहादुरका श्रीमती खिमायाको दुखेको छ । पैसा नभएरै अस्पताल लैजान नसकेको बाबुलाई भेट्न माइत आएकी छोरी दीपिकाको भनाई छ ।

सोमबहादुरको टाउकोमा ३ ठाउँ र पेटमा पनि २ ठाउँमा निको भएको घाउको खत छ । टाउकोमा चोट लागेको कारण मानसिक सन्तुलन पनि गुमेको छ । शरीरको दाईने हर, हात र खुट्टा पनि नचल्ने भएको छ । उठ्ने, सुत्ने र कोल्टे फेर्नका लागि सहारा चाहिन्छ ।

बोल्दा सुस्त आवाज आउनेहुनाले सोमबहादुरले भन्न चाहेको कुरा पनि बुझ्न असजिलो छ ।

धन्न सोमबहादुरका भाइ लक्ष्मण पनि रियादको ग्लोवल स्वामी कम्पनीमा विगत २ वर्ष देखि काम गर्दै आएका थिए । दाजुको खवर थाहा पाएपछि उद्धारमा सहयोग भएको उहाको भनाई छ ।

साउदी अस्पतालमा दिएको औषधीहरु प्रयोग गरिरहेको बताउने सोमबहादुरकी श्रीमती

खिमायालाई काठमाण्डौको न्युरो अीपताल लाने सपना छ । श्रीमानको पसना चुडियो अव उहाको उपचार गर्ने मेरो सपना छ , हेरौ भगवानले के गर्छन् ।

५ छोरी, १ छोरा र श्रीमतीको उज्जवल भविष्यका लागि सोमबहादुर गत कात्तिक महिनामा साउदी अरव गएका थिए । रियाद स्थित एक सप्लाई कम्पनीमा कार्यरत रहँदा बाथरुममा लडेर चोट लागेको थियो सोम बहादुरलाई ।  यस अघि कतारमा ११ वर्ष काम गरेर कमाएको पैसाले बाझाखेत गाविस १ खासुर बेसीमा घर बनाई परिवार पालेको छिमेकीहरुको भनाई छ ।

साउदी अरव स्थित नेपाली राजदुतावास र मगर संघले सोमबहादुरको उपचार र उद्धारमा सहयोग गरेको नेपाल मगर संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष राममाया थापाले जानकारी दिनुभयो । साउदी अरबले थप उपचारको लागि दुई लाख एकासी हजार संकलन गरेको र मगर आईतबार ( श्रावण २ गते )  मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापाको हात बाट घरमै पुगेर हस्तान्तरण गरिने नेपाल मगर संघ प्रवास शाखाका सल्लाहकार हुम सुनारीले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %