कुमार “अविरल” पन्थी
कतार आषाढ २९-बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । चितवन युवा समुह कतारले आयोजना गरेको चितवन धमाका साँझ २०१६ का लागि कतार आएका लोक तथा दोहोरी गायक नेत्र जी पन्त, लोक तथा दोहोरी गायिका भूमिका गिरी, गायक संजिव सिह राना, गायिका सरिता गुरुङ श्रेष्ठ, हास्यव्यंग्य कलाकार ज्योति काफ्लेलाई बसन्त फिल्मस् प्रा.ली. दोहा कतारले एक कार्यक्रमका बीच दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा बसन्त फिल्मस् प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले सभापतित्व गरेका थिए । समाजसेवी व्यवसायी तथा सस्थाकि प्रमुख सल्लाहकार माया केसीको प्रमुख अतिथ्यता रहेको थियो । समाजसेवी व्यवसायी सागर नेपाल, लोक तथा दोहोरी गायक नेत्र जी पन्त, लोक तथा दोहोरी गायिका भूमिका गिरी, गायक संजिव सिह राना, गायिका सरिता गुरुङ श्रेष्ठ, हास्यव्यंग्य कलाकार ज्योति काफ्ले बिशेष अतिथि रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा चितवन युवा समुहका अध्यक्ष भूमिराज कार्की, नेपाल टेलिभिजनका पत्रकार फरेन्द्र दाहाल, नेपाली महिला समाजकी कोषाध्यक्ष सुस्मिता भुसाल, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष बसन्त राज पुरी, मोना कतारका महासचिव तिलु शर्मा पौडेल, एभरेष्ट नेपालका अध्यक्ष उत्तम गुरुङ, गुल्मी सेवा समाजका सचिव कुमार अविरल, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष अबु अलि, पत्रकार रवि रोषी लगायत कलाकारलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यकममा सस्थाका सल्लाहकार केशव कंडेलले स्वागत मन्तव्य राखेका थिए । कतारमा बसन्त फिल्मस् प्रा.ली. कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहदै आएको छ । कतारमा आयोजना हुने बिबिध कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ । कार्यक्रममा प्रमुख आथिति माया केसी, बिशेष आथिति सागर नेपाल, चितवन युवा समुहका अध्यक्ष भूमिराज कार्की, समाजसेवी दिल भट्टराई तथा राष्ट्रिय कलाकारहरुले बोलेका थिए । कार्यक्रममा बोल्दै कलाकारहरुले चितवन युवा समुहले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए ।
कलाकारहरुले बसन्त फिल्मस् प्रा.लि.दोहा कतारबाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे । बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।
कार्यक्रमलाई समापन गर्दै सभापती काफ्लेले प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवा पुग्ने काम सदैव गर्ने बताउदै सस्थाले कलाकार सम्मान कार्यकम गरिरहदा करीव एक वर्षको अन्तरालमा नेपाल देखि कतारमा विभिन्न कार्यकमका लागि आएका राष्ट्रिय कलाकारहरु तथा कतारमा कार्यरत कलाकारहरु नेपाल फर्किने क्रममा बसन्त फिल्मस् प्रा.लि. दोहा कतारले ४४ जना कलाकारहरुलाई सम्मान्न गरिसकेको जानकारी दिए । कार्यक्रम सस्थाका सचिव शरद पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।