कतारमा मगर संघले भुम्या महोत्सव भब्य मनाउने तैयारी !

Read Time:1 Minute, 56 Second

कृष्ण सारू मगर

कतार ,१४ जुलाई – नेपाल मगर संघ शाखा कतारले सम्पुर्ण मगरहरू एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ “गरिव तथा जेहन्दार मगर विद्यार्थीको सहयोगार्थ अक्षय कोष स्थापनाका लागि यही १५ जुलाई २०१६ सुक्रबारका दिन (ग्रैण्ड मल नजिक) एसियन टाउन, क्रिकेट खेल मैदानको प्राङ्गणमा मगर समुदायको भुम्या पर्वलाई महोत्सवको रूपमा भब्य मनाउने भएको छ ।

मगरहरूको परम्परागत ईतिहास, संस्कार तथा कला  र संस्कृतिक संग गाँसिएका नेपाली राष्ट्रिय मौलिक पहिचान झल्काउने विभिन्न तैयारी पोशाक,  सामाग्रीहरू साथै, स्वादिष्ट खाने परिकार सहित अवलोकन तथा खरिद, विक्रीवितरणका लागि महोत्सवको स्टलमा रहने संघका अध्यक्ष महेन्द्र थापा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।

उक्त भुम्या महोत्सवमा प्रत्यक्ष नौमती बाजा समुहको साथमा स्थानिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिले भरपुर साँगीतिक मनोरञ्जन रहने भएको हुँदा रोजगारीको शिलशिलामा कतारमा बस्नु हुने समस्त आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

नोट: थप जानकारी पाउनका लागि पोष्टरमा उल्लेखित संवन्धित संग संपर्क गरि प्रतक्ष लाभ लिनुहोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %