केहर सिं थापा मगर
काठमाण्डौं,असार२९— गिरी प्रसाद बुढाथोकी मगरको ११८ औं जन्मजयन्तीको अवसरमा सिपाही देखी मन्त्री सम्म पुस्तक विमोचन असार २४ गतेका दिन प्रर्दशनी मार्ग पुलिस क्लवमा सम्पन्न भएको छ ।
मेजर जनरल नरबहादुर बुढाथोकि मगर गिरी प्रशादका कान्छा सुपुत्र हुन
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री बालराम घर्ती मगर अध्यक्षता सुनागिरीका अध्यक्ष मेजर जनरल ओम पुन ,विशेष अतिथि प्रा.डा.माननीय कृष्ण बहादुर थापा मगर थिए । अतिथिहरुमा उनकै छोरीहरु टोकली,लीला,मधु,चन्दा, पुस्तकका लेखक डि.आई.जी. निरज पुन मगरको उपस्थित रहेको थियो ।
कार्यक्रम सञ्चालन डा. आशा थापाले गरेका थिए,भने स्वागत् तथा मन्तव्य सुनागिरीका अध्यक्ष मेजर जनरल ओम पुनले गरेका थिए ।
के हो सुनागिरी ?
गिरी प्रसादका श्रीमती सुनादेवी र श्रीमान् गिरी प्रसादको नाम बाट सुनागिरी कल्व उनका परिवारहरुले सञ्चालनमा ल्याएका छन् ।
सुवेदार हरिप्रसाद बुढाथोकी र पर्मादेवी बुढाथोकीको कोखबाट वि.सं.१९५५ असार २४ गतेका दिन सातौं पुस्ताका ज्येष्ठ छोराका रुपमा गिरप्रसादको जन्म भएको हो ।
गिरी प्रसाद १७ वर्षको उमेरमा वि.सं. १९७२(सन् १९१५) सालमा २।५ गोर्खा राइफलमा भर्ती भई प्रथम र दोस्रो विश्व युद्धमा सहभागि भएका थिए ।
उनी युद्धकौशलमा प्रवीण र कुशल योद्धा भएकोले पल्टनमा अनेरी क्यापटेन पदबाट सन् १९४५ मा ३० वर्षको कार्यकाल पुरागरी अवकाश प्राप्त गरेका थिए ।
उनी पेन्सन आएर केही महिना गोरखपुरमा रेक्रुटिङ अफिसरको रुपमा कार्यरत हुन पुगे । त्यस बेला नेपालमा निरंकुश राणा शासन भएकोले त्यसको विरुद्ध सक्रिय रुपमा लागेका थिए । उनले २००९ देखी २०११ सम्म गुल्मी जिल्लाको बडाहाकिमको जिम्मेवारी सम्हालेका थिए ।
उनी २ पटक सम्म राष्ट्रिय पञ्चायतको सदस्य र नेपाली कांग्रेसको तर्फ बाट गुल्मीको क्षेत्र नं.८९ बाट सांसदमा निवार्चित भएका थिए । गिरी प्रसाद नेपालको संसद सदनको निर्विरोध प्रथम सदनको सभामुखको गहन दायित्व निर्वाह गरेका थिए । तीनै बुढाथोकीले पञ्चायती शासनकालमा वि.सं. २०१९ सालमा सहायक मन्त्रीमा नियुक्त भई वि.सं २०२८ साल सम्म निरन्तर १० वटा मन्त्रीपरिषद्मा रही कार्यभार पुरा गरेका थिए । उनी वि.सं. २०२८ साल सम्म रक्षा मन्त्रीको पदमा रही काम गरेका थिए ।
गिरी प्रसाद लाई राजा महेन्द्रले आफ्नो ५२ औं जन्मोत्सवको अवसरमा नेपाली सेनको मानार्थ उपरथी मेजर जनरलको उपाधिले सम्मानित गरेका थिए ।
उनी वि.सं.२०३८ असार २१ गतेका दिन उनको ८४ वर्षको उमेरमा स्वर्गगारोहण भएको थियो ।
भिडियो हेर्न यो लिङक थिच्नुहोस पूर्व मन्त्री घर्ती मगर र मेजर जनरल बुढाथोकि मगर(भिडियो सहित)