कृष्ण सारू मगर
दोहा,जुलाई ११ -रूम ९ म्याग्दी घर भै विगत लामो समय देखि रोजगारीको शिलशिलामा खाडी मुलुक कतार स्थित All Sabbah Trading & Contracting कम्पनीमा कार्यरत वर्ष ५१ का चन्द्र प्रसाद पुन मगर हृदयघातका कारण गत ६ जुलाईका दिन सुतेको अवस्थामा मृतु भएको छ ।
उनले १३ सेप्टेम्बर २०११ देखी नेपाल मगर संघ, शाखा कतारको आजीवन स। पत्र सं।नंड्ड २११र३३५० (A) बाहक मगरले निरन्तर जातिय मुक्ति, ईतिहास, पहिचान र अधिकार संगै निश्वार्थ सेवाभावले समाजिक उत्थान, उद्धार, एवंम् मगर एकता, लागि कटिबद्ध भै दोहा एरिया समितिका पूर्व सल्लाहकार सदस्य समेत रहेका थिए ।
पारिवारिक श्रोतका अनुसार मृतक पुन मगरका एक धर्मपत्नी दुई छोरा र तीन छोरी गरि छ जना सदस्य रहेका छन् ।
हाल उनको शव हमाद अस्पतालको शव घरमा राखिएको छ । नेपाली दुतावासले जनाए अनुसार मृतक चन्द्र प्रसाद पुन मगरले कम्पनी बाट पाउने हिसाब, किताब र सरकारी कागज पत्र तैयार हुना साथ उक्त शवलाई तुरुन्त नेपाल पठाउने संघका प्रमुख सल्लाहकार भिम तरामु मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।