राज्यसत्ता
साउदी अरब दमाम, असार २६ – नेपाल मगर संघ प्रबास शाखा साउदी अरबले मिति २०१६-जुलाइ-६ बुधबारका दिन विशेष कार्यक्रमका बिच साउदी अरबको रियाद क्षेत्रलाइ आधार क्षेत्र बनाइ रियाद शहरमा १५ सदस्य क्षेत्रीय कार्य समितिको पुनगठन गरेको छ । पुनर्गठित क्षेत्रीय समितिका नव पदाधिकारीहरुः
अध्यक्ष – जित बहादुर थापा मगर
उपाध्यक्ष – गोपाल थापा मगर
सचिब – प्रबिन आले मगर
सह सचिब – दिल बहादुर सुनारी मगर
कोषाध्यक्ष – सुरेश श्रीस मगर
सह कोषाध्यक्ष – ओमन दर्लामी मगर
प्रबक्ता – जस बहादुर सुनारी मगर
प्रमुख सल्लाहकार – बाबुराम थापा मगर
सदस्य – तिलनाथ रकिम मगर
सदस्य – गित बहादुर थापा मगर
सदस्य – कृष्ण बहादुर थापा मगर
सदस्य – बिसन थापा मगर
सदस्यं – बीर बहादुर सुनारी मगर
सदस्य – धम साठीघरे मगर
सदस्य – रेवन्त सिजाली मगर
सम्पुर्ण सर्बसहमतीबाट चयन भएको हो । कार्यक्रम नेपाली दुताबासको परिसर रियादमा भएको थियो ।
उक्त विशेष कार्यक्रम नेपाल मगर संघ प्रबास शाखा साउदी अरबका केन्द्रिय अध्यक्ष रुद्र सारु मगरको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नेपाल दूतावासका कार्यबाहक राजदुत आनन्द प्रसाद शर्मालाइ अाशिन गराएका थिए । कार्यक्रममा ने.म.स.प्रबास शाखा साउदी अरबका वरिष्ठ सल्लाहकार हुम सुनारी मगर सस्थापक संयोजक तथा बर्तमान सल्लाहकार प्रेम सिंजाली मगर, केन्द्रिय अध्यक्ष रुद्र सारु मगर, केन्द्रिय उपाध्यक्ष बम थापा मगर, केन्द्रिय कोषाध्यक्ष खिम गर्बुजा मगर, केन्दिय सह कोषाध्यक्ष सुनोद थापा मगर केन्द्रिय महासचिव रामु आले मगर, केन्द्रिय प्रबक्ता रिवन्त सिंजाली मगर, तथा केन्द्रिय सदस्यहरु प्रेम पुन मगर, भबेन्द्र बहिक मगर, निरु दर्लामी मगर ओमन दर्लामी मगर केन्द्रिय महिला सदस्य कुमारी सुनारी मगरको साथमा रियाद एरियामा रहेका मगर महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुबात नेपाल मगर संघ प्रबास शाखा साउदी अरबका केन्द्रिय प्रबक्ता रिवन्त सिंजाली मगरको स्वागत मन्तव्यबाट शुरु भएको थियो । सम्पुर्ण मगरहरु एक हौ, मगर भाषा, लिपि, कला, सास्कृती र परम्पराको संरक्षण र सम्बर्द्धन गरौं । भन्ने मुल मन्त्रका साथ मगर हक, हित, अधिकार र पहिचानको लागि सम्पुर्ण मगरहरुलाइ गोलबन्द गराउदै लैजानको लागि आज साउदी अरबको रियादमा पनि क्षेत्रीय समिति पुनर्गठन हुन लागि रहेको जानकारी गराउदै उपस्थित सम्पुर्ण महानुभाभरुलाइ स्वागत गर्दै रियाद क्षेत्रीय समितिमा अब आउनु हुने सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाइ अग्रिम स्वागतका साथ बधाइ तथा शुभकामना ब्याक्त गरेका थिए । संघका उपाध्यक्ष बम थापा मगरले ‘मगर एकता अहिलेको आबश्यकता’ भन्दै संघको स्थापना गरि हरेक मगरहरुलाइ गोलबन्द गराउदै लैजानु पर्ने यसको लागी सबैभन्दा पहिले शिक्षा र चेतनाको आबश्यकता रहेको औल्याएका थिए । संघका केन्द्रिय कोषाध्यक्ष खिम गर्बुजा मगरले संघको स्थापनाकाल देखी संघले हरेक समय र परिस्थितिमा सम्पुर्ण मगर लगाएत गैर मगर तथा नेपाल र नेपालीहरुको लागी गर्दै आएको सहयोगको बारेमा उल्लेख गर्दै जहा मगर त्याहा मगर संघ हुनु पर्ने औल्याए भने सस्थापक संयोजक तथा बर्तमान सल्लाहकार प्रेम सिंजाली मगरले नेपाल मगर संघ प्रबास शाखा साउदी अरबको स्थापना र यसको महत्त्वको बारेमा उल्लेख गर्दै अब गठन हुने नया क्षेत्रीय समितिका पदाधिकारीहरुलाइ अग्रिम बधाइ तथा शुभकामना दिदै उपस्थित सम्पुर्णलाइ धन्यवाद दिएका थिए ।
संघका वरिष्ठ सल्लाहकार तथा समाजसेबी हुम सुनरी मगरले मगर भाषा, कला, सास्कृति, परम्परा र पहिचानको बारेमा प्रष्ट पार्नु हुदै नेपालको तेस्रो ठुलो आदिवासी जनजातिहरुमा पहिलो मगर समुदाय विभिन्न कारणले मगरहरु पछि परेको राज्यको हरेक अंगमा न्युन सहभागिता हुनुका कारण मगरहरुले उठाउदै आएको मगरात पहिचानको मुद्दालाइ गलत परिभाषित गरिएकोले अब मगरहरु आफ्नो हक अधिकार र पहिचानको लागी स्वयं मगरहरु नै अघि बढनु पर्ने बताए । सुनारीले भर्खरै मात्र लमजुङको सम बहादुर पुन मगरको उद्वारमा नेपाली दूतावासले गरेको सक्रियतालाइ आफ्नो ब्याक्तिगत तर्फ अनि संघको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक राजदुत आनन्द प्रसाद शर्माले नेपाल मगर संघ प्रबास शाखा साउदी अरबले गरेका हरेक सामाजिक काम स्वागतयोग्य रहेको मगर जाती नेपालको तेस्रो ठुलो समुदाय, आफ्नो भाषा सास्कृतीको संरक्षण र सम्बर्द्धनको लागी विशेषत आफुहरु नै अग्रसर हुनु पर्ने भन्दै सम बहादुर पुन मगरको उद्वार जस्तो कार्य दूतावासको कर्तब्य भएको र यस्ता काम र कर्तव्यको लागी हरेक नेपाली कामदारहरुको लगि नेपाली दूतावास सधै तत्पर रहेको जान्कारी गराउदै यस्ता कामको लागी तपाइ हामी सम्पुर्णको सहयोगको अपेक्षा पनि गरेका थिए ।
आफ्नो छोटो मिठो मन्तव्यमा क्षेत्रीय समिति रियादका अब हुने नब निर्वाचित पदाधिकारीहरुलाइ अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।
विशेष कार्यक्रमको अन्तिममा नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका अध्यक्ष तथा कार्यक्रमका सभापति रुद्र सारु मगरले संघको स्थापना र आबश्यकताको बारेम चर्चा परिचर्चा गर्दै मगर भाषा, लिपि, कला, सास्कृती र परम्पराको संरक्षण, सम्बर्द्धन तथा मगर, हक, हित, अधिकार र पहिचानको लागी मगर एकता अपरिहार्य भएको मगर हक, हित, अधिकार र पहिचानको साथ दिगो सान्ति र स्थायित्वको लागि हामी मगरहरू अन्य समुदायको भाषा, सास्कृती र परम्परालाइ पनि सम्मान गर्दै हातेमालो गरेर अगाडि बढ्नपर्ने भन्दै कार्यक्रममा उपस्थिति सम्पुर्णलाइ धन्यवाद दिएका थिए ।
रियाद क्षेत्रीय समितिबाट अब आउने नवनिर्वाचित सम्पुर्ण पदाधिकारीलाइ अग्रिम बधाई दिनुका साथै नेपाल मगर संघ प्रवास शाखा साउदी अरबको बिधानको दायरामा रहेर केन्द्रिय समितिसंग समन्वय गर्दै आफ्नो कार्ययोजना अगाडी बढाउनु र हरेक मगरहरुको एकताको लागि अहम भुमिका खेलोस भन्ने शुभकामनाका साथ कार्यक्रमको पहिलो खण्ड बिसर्जन भएको जानकारी गराएका थिए । कार्यक्रम नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका केन्द्रिय महासचिब रामु आले मगरले संचालन गरेका थिए ।