जनमुक्ति मञ्च कतार शाखामा राज खम्बु पुनः निर्विरोध ।

Read Time:6 Minute, 12 Second

कृष्ण सारू मगर,दोहा-कतार १० जुलाई

राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति मञ्च कतारको पुनर्गठन भएको छ ।

दोहाको नज्मा स्थित ८ जुलाई सुक्रबारका दिन महेन्द्र थापा मगरको संयोजकत्वमा अम्वाज रेस्टुरेन्टको सभा हलमा जेष्ठ नागरिक सुर्य ब. बंशी ठकुरीको सभापतित्वमा पुर्नगठन गरिएको हो ।

जनमुक्ति मन्च कतार समितिका कुनै पनि सदस्यहरुले अन्य पार्टीमा प्रवेश नभएको स्पष्ट पार्दै समाजिक संजाल विभिन्न मिडियाले गरेका झुट्टा प्रचार-प्रसारको खेद प्रकट गर्दै राष्ट्रिय जनमुक्ति पार्टी र विश्व जनमुक्ति मन्चका जुझारु कार्यकर्ताहरुको मनोवल घटाउने नियतिले त्यस्ता भ्रामक समाचारले कुनै नोक्सान नहुने नवनियुक्त जनमुक्ती योद्दा खम्बुले बताए ।

उनले पार्टिको उद्धेश्य, घोषणापत्र, आचारसंहिता र विधानको वारेमा खुलस्त पार्दै जनमुक्ति विचार धारालाई आत्म साथ गर्दै राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकाशको आधार, समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकारको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लक्ष्यमा अगाढी बढिरेहकोले यस्ता तत्व र समुदायहरुकोे भन्डाफोर गर्ने पनि अध्यक्ष राज खम्बुले मन्तब्यको क्रममा प्रतिवद्धता जाहेर गरेका थिए।

कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो धारणा राख्दै राष्ट्रिय जनमुक्ती पार्टीको सिद्धान्त र मार्ग निर्देशन अनुसार कतारमा स्थापित मञ्चले कर्तब्य, निष्ठावान पुर्व अध्यक्ष राज खम्बु (खालिङ राई)लाई पहिलो चरणको खुल्ला सत्रको सर्व सहमतले मनोनयन गरेको हो ।

प्रमुख अतिथि महेन्द्र थापा मगरले कार्यक्रमलाई संवोधन गर्दै अन्तरिम संविधान धारा १३८ “क” बमोजिम नरहेकाले उक्त नयाँ संविधानको संशोधन गरी “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता ,भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता ।।” भन्ने नारालाई आत्म साथ गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुपहिचान मुलुक भएकोले आज सम्म आदिवासीजनजाति, उत्पिडित, महिला, दलित, मुस्लिम, अल्पसंख्यक एवं पछौटाईएका समुदायहरुलाई राज्यको नितिनिर्माण तहमा सहभागी नगराएकोले राजनैतिक परिवर्तन ऐन कानुनमा उल्लेखित कागजी दस्तावेजमा मात्रै सिमित रहेकोले अब ब्यावहारमा लागू गर्न जातिय, क्षेत्रिय, वर्गीय, लैङ्गीक, धार्मिक समाजिक भेदभाव, दमन शोषण र उत्पीडनमा परेकाहरू माथि राज्यले गरेको विभेदकारीको अन्त्य गर्न मुक्तिका लागि आन्दोलनको विकल्प नरहेको धारणा राखेका थिए ।

दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रममा उपस्थित सबैलाई सभापतिको निर्देशनमा बन्द शत्र शुरु भए लगत्तै पार्टीका कतार संयोजक महेन्द्र थापा मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले शून्य समयमा दुई पद रिक्त राख्दै राज खम्बुको अध्यक्षतामा २१ सदस्यीय समितिलाई निविरोध निर्वाचित भएको घोषणा सार्वजनिक गरेको हो ।

अध्यक्ष राज खम्बु, उपाध्यक्ष शेर बहादुर बिस्वकर्मा, महासचीव राम किरण तामाङ, सचिव अमृत गन्धर्व, सह-सचीव बुद्धि बहादुर ढेँगा मगर, कोषाअध्यक्ष बुद्ध बहादुर घर्ती मगर, सह-कोषाअध्यक्ष सोहबिर राना मगर छन भने, क्रमशः सदस्यहरु सुरेन्द्र चोखाङ राई, सागर लिम्बु, सन्तोष रन्जन, बिक्रम गन्धर्व, लिला राई, शेर बहादुर रोका मगर, केशब घर्ती मगर, अमर मगर, चुडा राना मगर, भिम सारु मगर, राजेस रसाईली, धन बहादुर श्रेष्ठ रहेका छन् ।

नव निर्वाचित पद्धेन सदस्यहरुलाई पार्टी र ब्यक्तिगत तर्फ बाट हार्दिक बधाई तथा शुभकामना दिँदै राष्ट्रिय जनमुक्ति मञ्च पार्टीको विधि, विधान, आचार संहिता मापदण्ड लाई अनुशरण गर्ने प्रतिवद्धता सहित अध्यक्ष राज खम्वुले सपथ ग्रहण गराएका थिए ।

शेर बहादुर रोका मगरको स्वागत मन्तब्य तथा पहिचान, भाषा, लिपि, धर्म, संस्कृति र भुमिको आवश्यकता अपरिहार्य हुने भएकोले पहिचान सहितको संघियता मुख्य लक्ष लिएर जनमुक्ति मञ्च कतार स्थापना भएको स्मरण गराउँदै राम किरण तामाङको सञ्चालनमा कार्यक्रम संपन्न गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %