कृष्ण सारू मगर
कतार,जुलाई ५ -“आफ्नो भाषा, लिपि, धर्म तथा संस्कृतिको संरक्षण(संवर्द्धन मगरहरुको शान । आत्मनिर्णयको अधिकार तथा जातिय पहिचान सहितको मगराँत स्वायत्त प्रदेश, हाम्रो अभियान ।” भन्ने नाराको साथ भिम तरामु मगरको प्रमुख अतिथ्यिमा संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा दोहाको नज्मा स्थित अल नक्यान रेष्टुरेन्टको सभाहलमा नेपाल मगर संघ, शाखा कतारले पाँचौं राष्ट्रिय मगर भेला तथा १६ औं वार्षिकोत्सव कार्यक्रम भब्य सम्पन्न गरेको छ ।
राष्ट्रिय धुन र मगरहरूको राष्ट्रिय गीत संगै अज्ञात प्रथम शहिद क्या। लखन थापा मगर तथा ज्ञात अज्ञात शहिदको सम्झनामा एक मिनेटको मौनधारण पश्चात् औपचारिक कार्यक्रम अघि बढेको थियो ।
प्रमुख अतिथि भिम तरामु मगरले, १६ वटा कैन्डिललाई प्रज्वलन गरी केक काटेर शुभारम्भ भएको समारोहमा क्रमशः संघको मतहतमा रहेका विभिन्न विभागीय अध्यक्ष लगायत अन्य अतिथिहरूको बाक्लो उपस्थितिमा १६औं वार्षिक उत्सव तथा पाँचौं राष्ट्रिय मगर भेला संघले मनाएको हो ।
प्रमुख अतिथि मगरले कार्यक्रमलाई संवोधन गर्दै जहाँ मगर त्यहाँ मगर संघू भन्ने महत्वकाँक्षा लिदै सन २०००मा अथक प्रयासले संघ स्थापना दिवस सबै भन्दा महत्वको दिन भएकोले संस्थापकहरू सबैमा विशेष आभार प्रकट गरेका उहाँले संघ यहाँ सम्म आइपुग्दा भएका विभिन्न उतार चढावको बारेमा जानकारी गराउँदै संघको १६औं स्थापना दिवसको शुभकामना दिनु भएका थिए ।
विभिन्न विभागीय समितिले प्रगति विवरणका साथै, आ(आफ्नो आर्थिक तथा संगठानिक संसोधनका लागि प्रस्तावित प्रतिवेदनलाई बृहत छलफल भै सर्वसहमतिले २०१६को नयाँ विधेयक पारित गरी विधान मस्यौदा समितिका संयोजक देव बहादुर राना मगरले भेलामा सार्वजनिक गरेका थिए ।
महासचिव बिजय कुमार मगरले संघको प्रगति विवरण प्रस्तुत गरे भने, गएको २४ जुनको भेलाले परिमार्जन वचत कोषको अनुमोदित विधान अनुरूप सम्पुर्ण प्रतिवेदन सहित वचत कोषका कोषाध्यक्ष केशव राना मगरले क।रि।१,८७,९२३ केन्द्रिय समितिका अध्यक्षलाई बुझाका हुन् ।
सभाध्यक्ष महेन्द्र थापा मगरले संघको बारेमा जानकारी गराउदै “संपुर्ण मगरहरुको एकता(अहिलेको आवश्यकता” भन्ने मुल नारालाई आत्म साथ गर्दै रोजगारीको शिलशिलामा कतार आएका आदरणीय मगर दाजु(भाई तथा दिदि(बहिनीहरूलाई संघमा आवद्ध हुन हार्दिक अपिल गरेको छ ।
उक्त कार्यक्रममा संघका पद्धेन विशिष्ट पदाधिकारी तथा विभिन्न विभागीय समितिका अध्यक्षहरुलाई महिला विभाग सदस्य जानुका थापा मगर र सीता थापा मगरले स्वागत गर्दै आतिथि ग्रहण गराएको थियो ।
कार्यक्रमलाई सफल बनाउन संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले संयोजकको भुमिका निर्वाह गरेको थियो एरिया समितिको प्रतिनिधित्व गर्दै धन बहादुर सारूको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा कार्यक्रम संपन्न गरेको छ ।