केहर सिं थापा मगर,
काठमाण्डौं,असार २१— मिति असार १८ गतेका दिन मातृभाषा केन्द्र नेपाल द्धारा आयोजित मगर भाषाको लेख्ने तरिका विषयक प्रस्तावित परीक्षण संस्करण,२०७१को पुनरावलोकन तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
{youtube}https://youtu.be/gqBuKABbZbQ{/youtube}
बाह्र मगरात भाषिक उपाध्यक्ष दलबहादुर विर्कटा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विशेष अतिथिमा नेपाल मगर संघका पूर्वमहासचिव तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वसदस्य सचिव लोक बहादुर थापा मगर, डा.मीन श्रीस मगर,नेपाल मगर लेखक संघका बरिष्ट उपाध्यक्ष विष्णु सिंजाली मगर,मातृ भाषा केन्द्र नेपालका निर्देशक शुसिल सुब्बा,भाषा विशेषज्ञ तथा परामर्श दाता डा.नेत्रमणि दुमी राई(त्रिभुवन विश्व विद्यालय) थिए ।
{youtube}https://youtu.be/5txC6NmCmdg{/youtube}
नेपाल मगर संघको सभाहल कंलकीमा भएको कार्यक्रम सञ्चालन रोमी लामिछाने मगरले गरेका थिए भने कार्यपत्र प्रस्तुति विजय लुङ्गेली मगरले गरेका थिए । यो पुस्तिका मगर भाषा लेख्ने तरिका मातृभाषा केन्द्र को संयुक्त पहलमा २०७० चैत २४ देखी २०७१ वैशाख ५ गते सम्म सञ्चालित कार्यशालामा तयार गरिएको थियो ।
यसको उदेश्य :
मगर भाषी जिज्ञासुजनहरुको सल्लाह र सुझावअनुसार मगर भाषा लेख्ने तरिका लाई स्तरीकरण बनाउन यस पुस्तिकाले प्रस्ताव गरेको छ । यसका ५ वटा उदेश्यहरु छन् ।
१.मगर भाषीहरु बीच यस प्रस्तावित लेख्ने तरिकाको प्रयोगले लेखाइमा एकरुपता ल्यउन चाहएको छ ।साथै यो पुस्तिकाले सबै मगर भाषिहरुलाई पठन पाठनमा उत्साहित बनाउनेछ ।
२.नेपाली भाषामा लेखपढ गरिरहेका तथा मगर भाषामा बिना कठिनाइ लेखपढ गर्न चाहने जिज्ञासु ब्यक्तिहरुलाई यस लेख्ने तरिकाको माध्यमबाट सहयोग पुर्याउने छ ।
{youtube}https://youtu.be/8BQPKAiuDRQ{/youtube}
३.यस मगर भाषा लेख्ने तरिकालाइ सक्दो सरल र सहज बनाइ मगर भाषिहरुको लागि औपचारिक –विधालय) तथा अनौपचारिक प्रौढ, महिला) शिक्षामा पठन पाठन गर्न सक्ने बनाउने ।
४.यस मगर भाषा लेख्ने तरिकाको आधारमा समयअनुसार अझ वैज्ञानिक र व्यवहारिक बनाइ, मगर भाषिक समुदायमा भाषा लेख्ने शैली लाई व्यापकता दिने ।
५.यो पुस्तिका मगर मातृभाषामा सरल प्रकारले लेख्न र पढ्न अभ्यास गराउन र साधारण साक्षरहरुका लागि लक्षित बनाएर तयार पारिएको हो । तथापि यस प्रस्तावित संस्करणमा हाललाई उच्च स्तरीय भाषा शास्त्रीय तथा प्राज्ञिक तवरले निर्धारण गरिएको छैन । प्रस्तुत लेख्ने तरिका विभिन्न व्याक्तिहरुको योगदान द्धारा तयार पारिएको पहिलो प्रयोगात्मक प्रयास हो ।
यस पुस्तिकाको पहिलो संस्करण वि.सं.२०५० सालको वर्णमाला पहिचान गोष्ठिले मगर भाषिहरुको माझमा ल्याएको वर्ण विन्यासमा आधारित थियो । जसमा उल्लेखित मान्यताका आधारमा लेख्दै जाँदा मगर समुदाय बीच यसमा समय सापेक्ष सुधार परिमार्जन गर्न आवश्यक देखियो ।
यो पुस्तिकाको पुनरावलोकनको लागि २०७२ वैशाख १२ गते आमन्त्रण गरिएका प्रायः मगरभाषी व्याक्तिहरुले समेत लेखनमा सजिलो नभएको प्रतिक्रिया जनाएका थिए । लेखपढ गर्न कठिन र अस्वभाविक वर्णविन्यास जोसुकै लाई स्वीकार्य हुदैन वर्षौ देखि मगर भाषा देवनागरी लिपीमा लेखिदै आएको छ । भाषाविज्ञानले भाषा जहिले पनि जटिलता बाट सरलतातिर बग्दछ भनी भन्दछ । हामीसवै लाई बाल्य—अवस्था देखिनै देवनागरी लिपीको गहिरो छाप परेको छ । यसकारण बहुसंख्यक मगरहरुको भावना र प्रतिक्रिया लाई कदर गर्दै देवनागरी लिपीमा आधारित रही यथासक्य सरल र व्यवहारिक यो मगर भाषाको लेख्ने तरीका लाइ प्रस्ताव गरिएको छ ।
यी माथिको उदेश्य बारे टिप्पणीकारहरु लोकबहादुर थापा मगर,डा. मीन श्रीस मगर,खड्ग सारु मगर,विष्णु सिंजाली मगर, डा. नेत्र दुमी राई,पूर्णबहादुर राना मगर,गणेश राना मगर लगायतले मिश्रीत टिप्पणी गरेका थिए । मातृभाषा केन्द्र नेपालले यस कार्यपत्र माथि छलफल गरीएका बुँदाहरुलाई एकमुष्टगरी भविष्यमा पुस्तक प्रकाशित गर्ने भएको छ ।