केहर सिं थापा मगर
काठमाण्डौं,असार १९— हिजो बाह्र मगरात मगर ढुट् नीति तथा कार्यक्रम विकासको लागि छलफल सम्पन्न भएको थियो ।
नेपाल मगर संघ केन्द्रीय समितिको भवनमा बाह्र मगरात भाषिक उपाध्यक्ष दलबहादुर विर्कटाको अध्यक्षतामा र सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । नेपाल मगर संघका पूर्वमहासचिव प्रा.लोकबहादुर थापा मगर(झुस्या मगर) को विशेष अतिथि थिए भने अतिथिहरुमा डा.मीन श्रीस मगर,विद्यावारिधि शोधार्थी विष्णु सिजांली मगर थिए । कार्यक्रम सञ्चालक विर्कटा मगरले बाह्र मगरात मगर ढुट् नीति तथा कार्यक्रमहरुको बारेमा प्रकास पारेका थिए ।
जस्तैः
(क) नेपाल सरकार संग माग गर्ने,
(ख) राज्य संग पाठ्य पुस्तक छाप्न लाई माग गर्ने,
(ग) मगर भाषा बोल्न नजान्ने लाई कसरी सिकाउने तथा गाँउ गाँउमा मगर भाषा कसरी पुर्याउने ? र
(घ) मगर भाषाको प्रशिक्षक उत्पादन गर्ने वा तयार गर्ने बारे बहसको लागि फ्लोर खुला गरेका थिए ।
यी माथिका चार विषय बारेमा छलफल गर्नेहरुमा लोकबहादुर थापा मगर(स्याङजा),गोमबहादुर राना मगर(तनहँ),विजय सिङ थापा मगर(परासी),दीपक थापा मगर (गोर्खा),रेणुका सूर्य मगर (मोरङ),हुमबहादुर थापा मगर (पाल्पा),संजोग लाफा मगर (उदयपुर),खड्ग सारु मगर (रामेछाप),हरिबहादुर आले मगर (रामेछाप),विष्णु कुमार सिंजाली मगर (स्याङजा),मनबहादुर गाहा मगर (स्याङजा),पूर्णबहादुर थापा मगर (रुपन्देही),डा.मीन श्रीस मगर (गुल्मी) र पवित्रा राना मगरले छलफलमा भाग लिएका थिए ।
भागलिनेहरुमा अधिकांश प्रतिनिधिहरुले बहूभाषिक शिक्षा लागू भई साथै मातृभाषामा पढाई हुनुपर्ने बताए । अहिलेको युग भनेको वैज्ञानिक युग भएकोले मातृभाषालाई डिजिटलाइट गर्नु पर्दछ,देश र संसार लाई बचाउने हो भने मातृ भाषा बोल्न अति आवश्यक छ जसरी नेपाली रुपैया लाई डलरमा परिणत गर्न भाषाको आवश्यक रहेको विज्ञहरुले बताए । विरालोको काम मूसा मार्ने भनेझै सरकारको काम सवै भाषाभाषिको विकासको लागि संरक्षण गर्नु हो । पहिलो पटक भएको यो कार्यक्रमले आश्र्चय जगायो भने एउटा आशापनि जगाएको भाग लिने अधिकांश विज्ञहरुले बताए ।
नेपाल मगर संघका बाह्र मगरात मगर ढुट भाषिक उपाध्यक्ष दलबहादुर विर्कटा मगरको संयोजकत्वमा मगर ढुट निति तथा कार्यक्रम तर्जुमा समिती गठन गरेको छ ।
जसमा सदस्यहरु:
डा.मीन श्रीस मगर
विष्णु सिजाली मगर
लोक बहादुर बरहिमगर
पुर्ण रानामगर
पवित्रा रानामगर
सन्जोक लाफामगर र
रेणुका सुर्य मगर रहेका छन् ।
यो समितिले २०७३ साउन १५ भित्र प्रतिवेदन तयार गर्ने निर्णय समेत गरेको छ।