प्रेस विज्ञप्ति

Read Time:3 Minute, 6 Second

राज्यसत्ता

असार,१९-रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको अध्यक्षतामा केहिदिन अगाडी बसेको कथित सर्बदलीय बैठकले भैरहवाको मुख्य चोकमा अबस्थित ऐतिहासिक बुद्धको शालिकलाई विस्थापित गरेर लक्ष्मीप्रसाद देवकोटाको शालिक राख्ने गलत निर्णयले देश तथा विदेशमा रहेका बौद्धमार्गी मात्र नभई करोडौं स्वदेशी तथा विदेशी नागरिकहरू स्तब्ध भएका छन् र सो गलत निर्णय प्रति प्रवासमा रहेका लाखौँ नेपाली आदिवासी जनजातिहरूको साझा संस्था अन्तर्राष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिले घोर निन्दा र गम्भीर आपत्ति ब्यक्त गरिएको छ।   

बुद्ध नेपालको मात्र नभएर एशिया कै गौरव हो। विश्व कै तारा हो। नेपालको शान हो। भैरहवा(पोखरा सिद्धार्थ लोकमार्ग बुद्ध कै नामबाट नामांकरण भएको थियो । बि।स। २०२२ मा सिद्धार्थ लोकमार्गको प्रारम्भ भैरहवाबाट भएकोले सो सडकको प्रारम्भ कै मुख्य चोकमा बुद्धको शालिक राखेर सडकको शुभारम्भ भएको थियो। त्यस्तो ऐतिहासिक चोकमा स्थापित बुद्धको शालिकलाई देवकोटाको शालिकले बिस्थापित गरियो भने त्यसले विश्व मै नकारात्मक सन्देश जाने कुरामा सम्बन्धित सरोकार पक्षको ध्यानाकर्षण गराइन्छ। 

 यो निर्णय एकांकी छ। साम्प्रदायिक छ। र, विश्व कै ५० करोड बौद्धमार्गीहरूको भावनालाई गम्भीर चोट पुर्याएको छ। यस्तो गलत निर्णय प्रति कथित प्रमुख राजनीतिक दलहरू लगायत समावेशिता र धर्मनिरपेक्षताको खुबै वकालत गर्ने अन्य राजनीतिक दलहरू पनि मुकदर्शक भएर कुनै प्रतिकृया नजनाउँदा हामीलाई अचम्म पनि लागेको छ।

रुपन्देही जिल्ला प्रशासनले गरेको गलत निर्णयलाई नेपाल सरकारले अबिलम्ब खारेज गरियोस् र ऐतिहासिक बुद्धको शालिक रहेको भैरहवाको मुख्य चोकलाई बुद्ध कै शालिक यथावत राखेर थप व्यवस्थित गरियोस् भनि यस अन्तर्राष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति जोडदार माग गर्दछ।   हुम सुनारी मगर संयोजक अन्तर्राष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %