कतारमा विश्वकप फुटबल ऐतिहासिक बनाउन तैयारी तीव्र

Read Time:2 Minute, 24 Second

राज्यसत्ता ब्यूरो

कतार, जुन ३० – यही आउँदो सन् २०२२ मा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले हिलटन होटलको सभाहलमा विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् संवन्धित सरोकार विशिष्टहरु सँग बृहत छलफल सुरु गरेको छ ।

विश्वकप आयोजक सर्वोच्च समितिका सह(सचिव नासेर अल खातेरले आफ्नो मुलुकमा आयोजना हुने विश्वकपलाई विश्व समुदायको एकता र सहकार्यको अनुभूति गर्ने बनाउन आफूहरु तल्लीन रहेको बताउनु भयो ।

कतारमा रहेका विभिन्न राष्ट्रका प्रतिनिधि र समुदायसँगको भेटमा उहाँले विश्वकपको तैयारीका बारेमा भएको प्रगति बारे जानकारी गराउनु भएको थियो । उहाँले कूटनीतिक नियोगका प्रतिनिधिलाई सम्बोधन गर्दै भन्नु भयो, “हामी सिक्न र तपाईँहरु सँगै अघि बढ्न चाहन्छौं ।

भेटमा विश्वकपको तयारीमा रङ्गशाला निर्माण देखि आवश्यक तयारी सबै क्षेत्रमा संग्लन रहेका जिम्मेवार व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिँदै उहाँले विश्वकपको इतिहासमै आफ्नो मुलुकमा हुने विश्वकप स्मरणीय बनाउन सिङ्गो मुलुककै ध्यान अहिले केन्द्रित भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै आदिवासीजनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष विनेश तामाङले नेपाली समुदायले विश्वकपलाई सफल बनाउन सहयोग गर्ने तथा नेपाल र कतार बीचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि कटिबद्ध भै गैर आवासीय नेपाली संघ कतार शाखाले पनि सहजिकरणमा अहम भुमिका खेल्ने बताउनु भएको हो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %