बौघागुम्हामा पत्रकारीता तथा उद्घोषण तालिम सम्पन्न

Read Time:3 Minute, 20 Second

देव पचभैया मगर

पाल्पा, असार १७ –  पाल्पाको बौघागुम्हामा नेतृत्व विकास सम्बन्धि ३ दिने आधारभुत पत्रकारीता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गुम्बेली संयुक्त युवा संञ्जाल बौघागुम्हा पाल्पाको आयोजना र बौघागुम्हा गाबिसको  आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिममा नौ वटै वडाका युवाहरु गरी ४५ बढिको सहभागिता थियो ।

तालिममा युवाहरुको व्यतृत्व, नेतृत्वको विकास, सकारात्मक सोच, आधारभुत पत्रकारीता र स्टेज उद्घोषण सम्वन्धि प्रशिक्षण दिइएको कार्यक्रमका संयोजक लोक बहादुर रेश्मीले जानकारी दिनु भयो । तालिममा श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देव पचभैया र नव संवाद साप्ताहिकका सम्पादक रेखीराम रानाले सहजिकरण गर्नु भएको थियो ।

संजालका अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव दिपक जिटीले युवाहरुको सक्रियता र उनीहरुको विकासको लागि ३ दिन सम्म संचालन भएको तालिमले युवाहरुको दैनन्दिय जिवनमा सकारात्मक सहयोग पुग्ने बताउनु भयो । आगामी दिनमा युवा हितका कार्यक्रमका लागि बजेट विनियोजन गर्ने समेत सचिब जिटीले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बौघागुम्हा गाविसका निर्वतमान गाविस अध्यक्ष टुक बहादुर थापा, नेपाली काग्रेसका पुर्ब गाबिस सभापति प्रेमनाथ घिमिरे, नेकपा एमालेका जुद्ध बहादुर थापा, कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर थापा, मगर संघ गाउ ईकाई समितिका टेक बहादुर राना, रानीमहल मगर होम स्टेका अध्यक्ष लेख बहादुर थापा, पूर्व सचिव भविश्वर बुचा लगायतले तीन दिन सम्म सिकेका ज्ञान गुनका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।

तालिममा सहभागि  प्रदिप घिमिरेले तालिममा बसेर नयाँ र ज्ञान बर्दक जानकारीहरु पाएको भन्दै आगामी दिनमा पनि गाउँमै बसेर यसरी थप तालिमहरुको आयोजना गर्न आयोजकलाई आग्रह गर्नु भयो ।  तालिम समापन कार्यक्रममा संजालका सदस्य प्रमिला रानाले खर्च सर्वजनिक गर्नु भयो । कार्यक्रम माया लम्तरीको स्वागत र   टोप रानाको संञ्चालनमा सम्पन्न भएको थियो ।

 (भिडियो रिर्पोट सहित)

 

{youtube}https://youtu.be/k9l9QC2aFA8{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %