कतारमा तमु समाजले खुल्ला भलिबल प्रतियोगिता राख्ने

Read Time:1 Minute, 23 Second

कृष्ण सारू मगर

दोहा-कतार ३० – जुन समाजिक अवधारणा बोकी २००४ मा स्थापित तमु (गुरुङ) समाज कतारको खेलकुद विभागलेले मुस्लिम समुदायको पवित्र महिना रमजान ईद अल फितरको पावन अवसरमा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता कार्यक्रमको सार्वजनिक सुचना जारी गरिएकोछ ।

मध्ये पुर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न जातिय, क्षेत्रिय, वर्गीय, धार्मिक संघ, संस्था, संगठन एवंम् विभिन्न कंपनीमा कार्यरत भलिबल खेलाडीहरूले आ-आफ्नो टिमको निर्धारित समयवधिमै दर्ता गर्न/गराउन समस्त खेलप्रेमीहरूमा विनम्र आग्रह गरिएको छ ।

उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन आदरणीय खेल प्रेमी दाजु-भाई तथा दिदी-बहिनी एवंम् शुभेच्छुकहरू सम्पुर्णमा गरिमामय उपस्थितिको लागि आयोजक समिति परिवारले सबैमा हार्दिक अपिल गरेको समाजका महासचिव खुसी गुरूङले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %