जापानको आइचिकेनमा १२ मार्च २०११ का दिन शेर्पा संघ जापानको आयोजनामा शेर्पा समुदाएको महान पर्ब तथा नया बर्ष च्याक मो ह्योद लो लोसार९२१३८० कार्यक्रम सम्पन्न भएको छ ।
शेर्पा संघ जापानले हरेक बर्ष लोसार कार्यक्रम मनाउने गरेको छ । संघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली आदिबाशी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष केबि मगरले प्रमुख अतिथिको आसनग्रहण गरेकाथिए भने अन्य अतिथिहरुमा विभिन्न एकलजातीय संघ संस्थाका प्रतिनिधि हरु थिए । कार्यक्रमको संचालन महासचिव पेम्बा छिरिङ शेर्पाले गरेकाथिए । स्वागत मन्तब्य सचिव सोनाम शेर्पा ले गरेकाथिए । सुभकामना मन्तब्ये दिने क्रममा प्रमुख अतिथि केबि ले देशमा भईरहेको संबिधान सभाको संबैधानिक समितिमा आदिबासी जनजातीहरुको मुख्य मुद्दाहरुको बिरुद्द मत दिने आदिबासी जनजाति सभासदहरुलाई कालो सुचिमा राख्ने र जापानको जुनसुकै कार्यक्रममा आएमा सबै एकलजातीय संघ संस्थाहरुले कार्यक्रम बहिस्कार गर्नु पर्ने भएको बताए । उनले स्पस्ट पर्दै भने, किन भने हाम्रो आन्दोलन कुनै जातिको बिरुद्दमा नभई, हाम्रो हक अधिकारको बाधक तत्व सबैको बिरुद्द हो ।
सभापति पासाङ शेर्पाको समापन संगै दोश्रो चरणमा प्रवेश गरेको उक्त कार्यक्रममा विभिन्न मनोरजनात्मक गतिविधिहरु भएको थियो । कार्यक्रममा उपस्थित श्याम रानाले बिंगो खेलको प्रथम पुरस्कार हात पारे ।
विभिन्न गित संगीत तथा मनोरन्जनात्मक गतिबिधि सहित भएको उक्त कार्यक्रम १३ तारिख बिहान सम्म चलेको थियो ।
एसबि हुन्चिङ