गोविन्द घर्ती मगर
अषाढ,११ – प्रगतिपथ युवा क्लवद्धारा आयोजित वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी केरवानी स्र्पोट युवा क्लव देवदह–२, ले हात पारेको छ । फाईनल खेलमा देवदह आदर्श युवा क्लव देवदह–६ लाई १ विरुद्ध ४ गोलगरी उपाधी हात पारेको हो । खेलको पहिलो हाफमा आदर्शका जर्सी नं ६ का हिराबहादुर गलामीले पहिलो गोलगरी टिमलाई अग्रता दिएका थिए । तर त्यो अग्रता धेरै समय टिक्न सकेन । केरवानी स्र्पोटका खेलाडी जर्सी नं १० का सुजल गुरुङ्गले गोलगरी खेललाई बरावरी बनाएको थियो ।
त्यसको लगत्तै जर्सी नं ११ का विशाल गुरुङ्गले थाप गोलगरी टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफमा स्र्पोटका खेलाडी जर्सी नं ५ का सुरज थापाले २ गोलगरी खेल १–४ को अग्रता दिलाएका थिए । देवदह आदर्श युवा क्लवले आयोजक प्रगतिपथ युवा क्लवलाई हराउदै र केरवानी स्र्पोट युवा क्लवले भलुहीलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो । जित संगै केरवानी स्र्पोट युवा क्लवले ३५ हजार, ट्रफी र उपविजेता आदर्श युवा क्लवले २० हजार र ट्रफी प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता टिमलाई एक कार्यक्रमका वीच देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे र नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले ट्रफी र पुरस्कार वितरण गर्नु भएको थियो । क्लवका अध्यक्ष गणेश विकको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, नेकपा माओवादी केन्द्रका गणेश खाती लगायतले आ–आफना भनाई राख्नु भएको थियो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न संघसंस्था, व्यक्तित्वहरुले सहयोग गरेको आयोजकले जनाएको छ ।