राज्यसत्ता व्यूरो
काठमाडौं, असार ५ – गोरेवहादुर खपांगी फाउण्डेशन नामको संस्था सार्वजनिकीकरण सम्वन्धी उदघाटन र मगर जातीको भाषा र वौद्ध धर्म विषयक विचारगोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा सम्पन्न भयो ।
प्रमुख अतिथि एवं पूर्वआइजीपी श्री कुवेरसिं रानावाट जीवी फाउण्डेशनको व्यानर उदघाटन गरिएको उक्त कार्यक्रममा श्री रानाले भन्नुभयो, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनको संस्थापकमध्ये एक नेता गोरेवहादुर खपांगी युग पुरुष मानिनुहुन्छ ।’
पूर्व आईजीपी,पूर्व वर्माका राजदुत तथा माननीय रां.प.स. श्री खड्गजित बराल मगरले फाउण्डेसनको लागि पठाउनु भएको शुभकामना वाचन गरेर सुनाइएको थियो । विशेष अतिथि एवं पूर्वमन्त्री डा.केशवमान शाक्यको वाहुलीमा मगर जातीको भाषा र वौद्ध धर्म विषयक विचारगोष्ठीको व्यानर उदघाटन गर्दै भन्नुभयो, ‘नेता खपांगीको व्यक्तित्व एवं कृतित्वको संग्रह र प्रकाशन गर्ने मात्र नभई समसामयित विषयमा विचारगोष्ठी एवं अन्तरक्रियाको आयोजना नियमित गर्नुपर्ने रहेको र त्यो जीवी खपांगी फाउण्डेशनले पूरा गर्ने छ ।’
जीवी फाउण्डेशनको अध्यक्ष श्री हुमबहादुर थापाको अध्यक्षता, सचिव भावेश भुमरी एवं सदस्य गायत्री रानाको संचालन र सदस्य नन्दवहादुर घर्तीमगरको स्वागत मन्तव्यवाट प्रारम्भ भएको उक्त विचार गोष्ठीमा मगर जातीको भाषा विषयक कार्यपत्र पिएचडी शोधार्थी विष्णु सिंजालीले प्रस्तुती गर्नुभएको थियो भने वौद्ध धर्म विषयक कार्यपत्र भिक्षु मधेङकरले गर्नुभयो । त्यसैगरी टिप्पणीकारको रुपमा भाषाविद अमृत योञ्जन तामाङ र क्या.देउवहादुर राना हुनुहुन्थ्यो ।
डा.ओम गुरुङ,गणेशबल तामाङलगायतले पनि आ आफ्नो बिचार राख्नु भएको थियो ।
संस्थाका कोषाध्यक्ष के.बि राना मगरले आय ब्यय प्रस्तुत गरेका थिए । आज सम्म जम्मा रु ८,६२,२०५र— उठेको र खर्च तर्फ हालसम्म १,९९,८९४ र— भएको छ भने हाल जम्मा बाकीं ६,६२,३११र— वैंकमा रहेको जानकारी गराएका थिए । सहयोगदाताहरुको नामावली आउने दिनहरुमा सार्वजनिक गरिने छ ।