कतारमा पत्रकार महासंघले पत्रकारिता संवन्धि तालिम दियो

Read Time:2 Minute, 22 Second

कृष्ण सारू मगर

  दोहा(कतार) जुन, १८- शान्ति र लोकतन्त्रताको लागि पुर्ण स्वतन्त्रता भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघ कतार शाखाले १७ जुन सुक्रबारका दिन नज्माको शालिमार रेष्टुरेन्टको सभाहलमा गणेश प्रसाद बन्जाडेको अध्यक्षतामा नेतृत्व विकाश तथा क्षमता अभिबृद्धिका लागि एक दिवसीय प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

मध्ये पूर्वीय राष्ट्र कतार स्थित स्थापित विभिन्न जातिय, क्षेत्रिय,वर्गीय, संघ, संस्था संगठनका प्रतिनिधि एवंम अन्य सयौ संख्यामा महिला तथा पुरूषहरूको बाक्लो सहभागीता रहेको उक्त प्रशिक्षणका लागि नेपाल देखि आउनु भएका ई(कान्तिपुर डिजिटल मिडिया तथा कोसेलीका संयोजक समेत रहेका यज्ञशले पत्रकारिता के हो यसको भुमिका के(के हुन् भन्ने विविध विषयमा प्रशिक्षण तालिम गराउनु भएको थियो ।

प्रत्येक संघ, संस्था संगठनको प्रशासन विभागमा नियामित र आवश्यक भै रहने हुँदा पनि उहाँहरूको प्रतिनिधित्व तथा उपस्थिति महत्त्वपूर्ण रहेकोले सहित्य तथा विभिन्न विधामा आवद्ध पत्रकारिता एक रथका दुई पाँग्रा हुन् भन्ने अभिप्रायले यो एक दिवसीय आधारभुत प्रशिक्षण तालिम कार्यक्रम राखेको हो ।

उक्त तालिम कार्यक्रमका सभाध्यक्ष गणेश प्र. बन्जाडे, ई(कान्तिपुर अरबका गल्फ संयोजक होम कार्की र प्रशिक्षक यज्ञशको सह्योगमा संघले क्रमशः सहभागी सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका हुन् । संघका सचिव नवराज बिकको संचालनमा कार्यक्रम संपन्न गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %