देब पचभैया मगर
असार-२ नवलपरासी स्थित आफ्नै घरमा सहकर्मी देब पचभैया संगको कुराकानीमा घर्तीले बहिनी मनिषाको आत्महत्या नभई हत्या नै भएको दाबी गर्दे न्यायको लागी आफुले सामाजिक संजाल मार्फत सबै संग अपिल गरेको बताए ।
म मात्रै हैन, सारा जनताले हत्या भनेका छन् । बिमल घर्तीको अनुरोध छ “यता भन्दा गृहमन्त्रालयलाई घटनाको छानबिनका लागी ज्ञापन पत्र पठाईदिनुभयो भने राम्रो हुन्थ्यो होला” ।
आफु देश बिदेशमा गएर राष्ट्रलाई न्याय दिलाउन लडेको र काका र बाबु पनि प्रहरी सेवामा लागेर राष्ट्रकै लागी समर्पित भएको भन्दै आज आफ्नै बहिनीको हत्या हुदा उनको आत्मा शान्तीका लागी पनि दोशीलाई कानुन अनुसार सजाय हुनै पर्ने बिमलको माग छ । दुःखद घटना भैसक्यो, मैले जे गरेपनि बहिनी फिर्ता पाउदिन- बिमलको भनाइ छ ।
“पिडितले न्याय पाउनुपर्र्यो”
बिमल घर्तीको बहिनी मनिषाको गएको जेठ १२ गते बुधबार राती घरमै रहस्यमय ज्यान गएको थियो । उनको हत्याको आसंकामा मनिषाका प्रेमी भनिएका आशिष चौधरी अहिले पनि प्रहरी हिरासतमा रहेका छन् । घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
(भिडियो कुराकानी सहित)
{youtube}https://youtu.be/Dk0vQURddwI{/youtube}