कला तथा सांस्कृति बिभाग र महिला विभागकको प्रथम भेला सम्पन्न

Read Time:5 Minute, 0 Second

रविन मगर

दोहा, कतार-गत शुक्रवार मिति १० जुन २०१६ मा नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृति बिभाग र महिला विभागकोे प्रथम भेला सम्पन भएको छ । महिला बिभागका संयोजक ईसोरा थापा मगर र कला तथा सांस्कृतिक विभागका का.वा. संयोजक गायत्री पुनमगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर र बिशिस्ट अतिथिहरुमा (२०१६/०१७ )का लागि संस्कृतिक बाङ (राजा) थिए । भेलाको सञ्चालन कला तथा संस्कृति बिभागका सचिव सोम थापा मगरले गरेका थिए ।

अन्य अतिथिहरुमा संस्थाका विभागिय संयोजकहरु विदेश विभाग संयोजक तथा प्रथम उपाध्यक्ष शेर रोका मगर, महासचिव विजय मगर, सचिव रविन मगर, संगठन सचिव बिबेक पुलामी मगर, सहकोषाध्यक्ष केशव घर्ति मगर, नेपाल मगर संघ शाखा कतारका केन्द्रिय सल्लाहकारहरु जनक थापा मगर थिए ।
यसरी नै यस संस्थाको मातहतमा रहेको नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष केशव राना मगर, वक्रा एरिया समितिका कोषाध्यक्ष श्याम पुलामी मगर र मगर संघका मानार्थ सदस्यहरु टेक रसाईली, माईली माया तामाङ, रोशिका लामा थिए । यसै गरी कला तथा सांस्कृतिक विभागका सदस्यहरु तथा कलाकार तथा सदस्यहरु अन्य संघलाई माया गरी आउनु भएका शुभचिन्तकहरुको वाक्लो उपस्थिति रहेको थियोे ।

भेलामा शुभकामना मन्तव्य राख्ने क्रममा बक्ताहरुले यस विभागहरुले गरेको राम्रो कार्यहरुको प्रशंसा गर्दै अझ थप तरिकाले शसक्त ढंगमा अगाढी बढ्नका लागी प्रेरणाग दिदै हार्दिक शुभकामना दिएका थिए । महिला विभागले पनि दोहा कतारमा रहेका मगर महिलाहरुलाई एकताको मालामा उन्न्का लागी पहल गर्नका लागी हरेक तह तप्काका मगर दाजुभाई तथा दिदिवहिनीहरुलाई हार्दिक अनुरोध गरेका थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले प्रवासमा रहेर पनि संघमा आवद्ध भएका मगर कलाकारहरु तथा गैर मगर कलाकारहरु यसरी गोलबद्ध भएर अगाढी बढ्नको लागि हार्दिक अनुरोध गरेका थिए । यसरी नै कला तथा सांस्कृतिक विभाग र महिला विभागका सदस्यज्युहरुमा आ—आफ्नो क्षेत्रवाट एकजुट भएर मगर जातिको भाषा, धर्म, संस्कृतिहरुको जगेर्ना गर्न र आफ्नो हक हित, अधिकारको लागि प्रवास वाट पनि बुलन्द पारेर लैजानु पर्ने कुरामा जोड दिंदै प्रवासमा रहेका मगरहरुलाई हार्दिक आह्वान गरेका थिए ।

भेलामा अहिले सम्मको सांगठनिक प्रतिवेदन सचिव सोम थापा मगरले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण सोराली मगरले प्रस्तुत गरेका थिए । महिला विभागको कोषाध्यक्ष लक्ष्मी घर्ति मगरले पनि प्रस्तुत गरेकीथिइन । उक्त प्रतिवेदनहरुलाई भेलाले सामान्य संशोधन सहित पारित गरी अनुमोदनका लागी केन्द्रिय समितिको पांचौं राष्ट्रिय भेलामा लैजानको लागी पारित गरिएको थियो ।

अन्तमा, भेलाका सभापतिहरु महिला विभागका ईसोरा थापा मगर र कला तथा सांस्कृतिक विभागका का.वा. संयोजक गायत्री पुनमगरले संयुक्त रुपमा भेलामा उपस्थित हुने कला तथा सांस्कृतिक विभागका सदस्यज्युहरु, महिला विभागका सदस्यहरु, कलाकारहरु, केन्द्रिय समितिका पदाधिकारीहरुमा विशेष धन्यवाद दिएका थिए । यस विभागको प्रथम भेलामा दोहा कतारवासी सवै जनाले कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद सहित भेलाको समापन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %