केपी पालुंगाको कमाण्डमा अब जनमुक्ति कुड्ने

राज्यसत्ता,

कठमाण्डौ,जेठ ३१ केपी पालुंगाको कमाण्डमा अब राष्ट्रिय जनमुक्ति पार्टी कुड्ने भएको छ ।

  जेठ २८– ३० गते सम्म काठमाण्डौमा भएको राष्ट्रिय जनमुक्ति पाटीको प्रतिनिधिमुलक पांचौ राष्ट्रिय महाधिवेसनले पालुंगालाई अध्यक्षमा निर्बाचित गरेको हो । सबै पद्मा धेरैको उमेद्धवारी परेता पनि अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पद्मा भने सहमति जुट्न नसकेपछि करिब रातको ११ बजे हाउस निर्बाचनमा जान बाध्य भएको थियो ।

अध्यक्षका दोबेदार पार्टीका सस्थापक सदस्य तथा बरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फे र उपाध्यक्ष खर्क प्रसाद पालुंगा थिए भने बरिष्ठ उपाध्यक्षपदमा पार्टी संगठन सचिब सिद्धी तुम्बाहाम्फे र उपाध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगर बिच प्रतिस्प्रधा भएको थियो ।

अध्यक्ष पदमा खर्क प्रसाद पालुंगाले २१४ मत र बरिष्ठ उपाध्यक्षमा क्या. यमबहादुर बुढाथोकी मगरले २१८ मत ल्याई बिजय भएका थिए भने बरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको ८१ मत र सिद्धी तुम्बाहाम्फेले ७४ मत प्राप्त गरेका थिए । बांकी पद्मा सहमतिको आधारमा निर्बाचीत गरिएको थियो । मत गणना करिब बिहानको दुई बजे सम्पन्न भएको थियो ।

महाधिवेसनहलले ६६ प्रतिशत ६८ जना निर्बाचीत गरेको छ भने ३३ प्रतिशत संघीय परिषद (केन्द्र)ले मनोनयन गर्ने गरि संघीय परिषदको आकार कुल १३५ जनाको रहने बिधानमा ब्याबस्था गरिएको छ ।

सुनसरी निवासी ५६ बर्षिय पालुंगा यस अधि पार्टीका उपाध्यक्ष थिए । उनि पार्टी स्थापनाकाल देखि नै बिभिन्न तहमा काम गर्दै आएका अनुभबी नेताके रुपमा परिचित छन ।

राष्द्रिय जनमुक्ति पार्टी पाचौ“ राष्द्रिय महाधिवेशन ललितपुरमा भएको बन्द सत्र द्धारा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नामवलि यस प्रकार रहेको छ ।

 

१ – अध्यक्ष : खड्ग प्रसाद पालुङगा

२ – महासचिव : केशव सूर्यवंशी

३  – सह–अध्यक्ष : मान ध्वन बोलन तामाङ

४  – सह–अध्यक्ष : बुद्ध श्री लामा

५  –बरिष्ठ उपाध्यक्ष : क्याप्टेन . यम बहादुर बुढाथोकी

६   – प्रादेशीक उपाध्यक्ष : रविन्द्र उच्च नेपाली ( दलित बाट )

७             : ठाकुर रोका ( थारुहट प्रदेश )

८            : टिकाराम शर्मा ( समावेशी खस आर्य )

९       : बाबु काजी महर्जन ( नेवा प्रदेश )

१०       : हस्त बहादुर थापा (मगरात प्रदेश )

११      : सोम बहादुर थिङ ( तामङ सालिङ )

१२       : मोहन धिमाल ( सिमान्तकिृत, अल्पसंख्या )

१३       : मिना पन्धाक ( महिला )

१४      : होमाया गरुङ ( लुम्वीनी )

१५       : चन्द्र बहादुर खापुहाङहाङ ( लिम्वुवान )

१६        : राजवंशी चौधरी ( भोजपुर )

१७        उपमहासचिव  : रामपरिवार

१८        : टोप बहादुर अस्लामी

१९       : इन्द्रकला थापा – महीला कोटा

२०        कोषध्यक्ष : डव बहादुर गर्वुजा पुन मगर

२१         सचिव : बलदिप राई

२२     : पदम बहादुर जवेगु

२३      : गंगा थापा – महीला कोटा

२४      सदस्यहरु : सूर्य कुमार सारु मगर– रुपन्देही

२५     : कमला देउजा– दाङ

२६     : ढाल बहादुर श्रेष्ठ – नवलपरासी

२७    : डि . के सूर्यवंशी – पाल्पा

२८      : हरि ओम विक– रुपन्देही

२९      लुम बहादुर खाम्चा मगर – नवलपरासी

३०      ओम बहादुर श्रीस मगर – कास्की

३१      भीम बहादुर राना – रुपन्देही

३२      हरिदेव थापा – स्याङजा

३३    हरि प्रसाद सारु – रुपन्देही

३४     होम लाल पुन – म्याग्दी

३५      इन्द्रमान थिङ – मकवानपुर

३६       धन सिं राना – बाँके

३७       शिव प्रसाद आचार्य – झापा

३८      उघम बहादुर रोका –पर्वत

३९      अग्नी प्रसाद तुम्बापो – पांचथर

४०     बुद्धिमान केरुङ – पांचथर

४१     मन कुमारी पाइजा – पर्वत

४२     शान्ती देव राई – झापा

४३     बोम  दर्लामी – रुपन्देही

४४    नगेन्द्र प्रसाइ रौतार – लुम्बीनी

४५    मन्धरी आले – मगरात

४६    दिल बहादुर तामाङ – नेवा

४७    गिता सारु मगर – लुम्बीनी

४८   भैरव थापा – लुम्बीनी

४९    डम बहादुर राना – मगराँत

५०   सविना मोत्तान – लिम्बुवान

५१   प्रकाश मङदेन – लिम्बुवान

५२    विष्णु  थाम्देन – लिम्वुवान

५३    माधव गिरी – लिम्बुवान

५४   मुरली धार मिश्र – मिथीला

५५   कृष्ण बहादुर नेपाली – रुपन्देही

५६    श्याम परियार – नवलपरासी

५७    ब्रम देव प्रशाद यादव –  बारा

५८    सागर नाथ रेग्मी – तेह्थुम

५९ – नकुन बहादुर माझी – सिमान्तकृत

६० – सोनु गुरुंग – बांके

६१– सानु सुब्बा  – झापा

६२ –केशबहादुर थापा  – रुपन्देही

६३ – चित्रबहादुर अर्गेजा  – कपीलबस्तु

६४– चन्द्रबहादुर अर्गेजा  – गुल्मी

६५– चेतबहादु लिमबु  – सुनसरी

६६ – हुमबहादुर पचभैया थापा मगर  – काठमाण्डौ

६७  –ज्ञानबहादुर थापा  – रुपन्देही

६८ – कमला थापा   –बाग्लुंग (उपाध्यक्ष यूरोप शाखा) रहेका छन ।

राष्ट्रिय जनमुक्ति पार्टीको पांचौ महाधिवेसन बन्दसत्रको हलले पार्टीको सस्थापक अध्यक्ष तथा पार्टीको हाईकमाण्ड बाट बाहिरीएका निबर्तमान अध्यक्ष एमएस थापा मगरलाई पार्टीको आजिवन सम्रक्षक तथा संघीय परिषदको बरियातमा एक नम्बरमा रहने पास गरेको छ ।

संघीय परिषदको पहिलो बैठकले सस्थापक सदस्य तथा बरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेलाई अनुगमन तथा मुल्यंकन समतिको संयोजक र डि.के बुद्धिस्टलाई पार्टीको बरिष्ठ नेतामा पून चयन गरेको छ ।