भि सि कप २०१६ पुन: एफ सी क्लब केन्टको हातमा

Read Time:2 Minute, 40 Second

-सुरेन्द्र इङनाम 

केन्ट बेलायत-गत जुन ११ तारिख २०१६ को दिन बेलायतको फेल्थाम कम्युनिटिमा सम्पन्न भएको भि सि कप गत बर्ष झै भेटरेन तर्फबाट फेरि एफ सी क्लब केन्टको हातमा नगद ७ सय पाउण्ड सहित शिल्ड हात पारेको छ ।

भेटरेन (३८ वर्ष भन्दा माथि उमेर भएको) तर्फबाट ६ टिम विच प्रतिस्पर्दा भएको उक्त खेल पुन: ईलाम एफ सी सँग फाईनलमा टक्कर परेको थियो । ३० मिनेट लामो समय रहेको सो फाईनल खेलमा एफ सी क्लब केन्टको स्कोर ३ र ईलाम एफ सी को o मा खेल समाप्त भएको थियो । यस्का साथै लमजुङ एफ सी लाई एकै म्यचमा ह्याट्रिक गर्दै बेस्ट स्कोररमा छबी चोङ्बाङ र म्यान अफ द म्याच लोक प्रसाद चेम्जोङ भएक थिए ।

यस क्लबले स्थापना काल देखिनै बेलायतमा हुने सम्भवत सबै कपहरु हात पारि सकेको छ, जस्मा गोर्खा कप र भि सि कप भने २,२ पल्ट हात पारि सकेको हो ।

विभिन्न कारणले उपस्थित हुन नसकेका यस क्लबका खेलाडिहरु नेत्र राई, दिनेश लिम्बु, बेद सुनुवार लगायत धेरैले भाईबरको माध्यमबाट वधाईको आदान प्रदान गरेका थिए ।

पुरस्कार वितरण पश्चात ग्रुप फोटो खिचे पछि अरु खेलहरुझै क्लबका म्यानेजर बुद्धि सुनुवार, टिम क्याप्टेन पदम योङ्याङ, टिम कोच लोक प्रसाद चेम्जोङ र सचिव छबी चोङ्बाङले टिमलाई वधाई दिदै यस खेलमा सन्तोश गुरुङ र गुप्तराज चेम्जोङले अरुको नजरमा उत्कृष्ट खेल खेलेको र सबैले अनुशाशनमा रहेर खेल खेलेको हुनाले यो कप पुनः हात पारेकोमा धन्यवाद दिएका थिए ।

भेटरेन तर्फबाट एफ सी क्लब केन्टले भि सि कप २०१६ को उपाधि जितेको यस कपमा मेन ईभेन्टमा तोङ्बा क्लब लाई पराजित गर्दै रिडिङ् क्लबले नगद १ हजार पाउण्ड सहित मेन ईभेन्टको उपाधि जितेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %