मिर्मी क्याम्पसमा ४ दिने उद्धघोषणकला सम्पन्न

Read Time:3 Minute, 52 Second

विनोद रखाली मगर

  गल्याङ्, जेष्ठ ३०- नेपाल विद्यार्थी संघ मिर्मी वहुमुखी क्याम्पसको आयोजनामा ४ दिने उद्धघोषणकला तथा नेतृत्व विकाश तालिम मिर्मी वहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले हामी सवै वोल्छौ तर के वोल्छौ आफैंलाई थाहा नहुने भन्दै आफ्नो वोलिको सवैले सम्मान गर्ने व्यवहारीक वोलीको विकाशमा तालिमले सहयोग गर्ने जिकिर गरे । मल्लले नेपाली काङग्रेस स्याङ्जा क्षेत्र न. ३ मा कमजोर नभएको भन्दै आन्तिरीक कमजोरीका कारण गत सविंधान सभाको निर्वाचनमा पार्टीले पराजय व्यहोरेकाले पार्टीको नेतृत्वलाई पार्टी निमार्णमा लाग्न आग्रह गरे ।

 कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका जिल्ला सदस्य तुलसा पाण्डे , नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति  अजित क्षेत्री , उपसभापति अर्जुन अर्याल , प्रमुख प्रशिक्षक लक्ष्मी टेलिभिजनका स्टेशन म्यानेजर विनोद रखाली मगर,  क्षेत्र न. १ का सभापति विज्ञान भण्डारी , क्षेत्र न. २ का सभापति विश्वास लम्साल , नेपाली काङ्ग्रेस कृष्णगण्डकी गाँउ कार्य समितिका सभापति शालिग्राम न्यौपाने , उपसभापति भिम प्रसाद भट्टराई , नेपाल विद्यार्थी संघ क्षेत्र न. ३ का सचिव खगेन्द्र भण्डारी , कोषाध्यक्ष प्रदिप पाण्डे प्रतिकार , कोषाध्यष प्रदिप पाण्डे , विष्णु अर्याल ,  गल्याङ् वहुमुखी क्याम्पसका कार्यवाहक सभापति प्रेम नारायण रेग्मी , क्षेत्रीय सदस्य ज्ञानेन्द्र पाठक, नेपाल विद्यार्थी संघका नेतृ युवा जि.टी, साधना न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निशुल्क प्रदान गरिएको उक्त तालिम अवधिभर युवा सन्चारकर्मी , लक्ष्मी टेलिभिजनका स्टेशन म्यानेजर विनोद रखाली मगर , सन्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव खगेन्द्र भण्डारी , सन्चारकर्मी प्रदिप पाण्डे प्रतिकारले सहजीकरण गरेका थिए ।

खचाखच भरीएको सभाहलमा नवोदित हास्ँयकलाकार कमल वस्याल मकै भुटेरको हास्ँय प्रहशनले वाक्लो तालि पाएको थियो  । तालिममा ७० जना प्रशिक्षार्थी सहभागी भएका थिए । जेष्ठ २६ गते सुरु भएको उक्त तालिम आज सकिएको हो । समापन समारोहको स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ क्षेत्र न. ३ का सभापति धनराज पौडेल , सन्चालन नेपाल विद्यार्थी संघ मिर्मि वहुमुखी क्याम्पसका सदस्य अमृता भट्टराई र सिता न्यौपाने  र क्याम्पस समिति अध्यक्ष रेष्मीराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %