गोविन्द घर्ती मगर
जेठ,२८ -रुपन्देहीको देवदह–५, केरवानीमा ३ दिने झुमणा नाच प्रशिक्षण शुरु भएको छ । थारु कल्याणकारिणी सभा देवदह नगर समितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले उद्घाटन गर्नु भएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । झुमणा नाच थारुहरुको ऐतिहासिक नाच भएकोले यसको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले ऐतिहासिक चिजहरुको संरक्षण र सम्वद्र्धन गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।
सभाका नगर अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, थारु संग्राहलयका अनिरुद्र थारु, थारु हेमस्टेका राम चौधरी, नेपाली काग्रेसका वासुदेव रिमाल, नेकपा एमालेका केशव भट्टराई, केरवानी स्वास्थ्य चौकीका ईश्वरी ढुगाना, केशव खवास, रुक्मा चौधरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सभाका कोषाध्यक्ष पन्नादेवि चौधरीको स्वागत र सचिव दिनेश चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।