पाल्पामा दुई दिने सचेतना कार्यक्रम शुरु

Read Time:2 Minute, 48 Second

देवपचभैया

पाल्पा, जेठ २९  -आदिवासी जनजाति समुदायलाई दुई दिने भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार बाट सुरु भएको छ । नेपाल मगर संघको आयोजना र आदिवासी जनजाति जिल्ला समन्वय समिति जिविस पाल्पाको सहयोगमा भएको सचेतना कार्यक्रमको उद्घाटनामा बोल्दै प्रमूख अतिथि मगर संघका पूर्व बरिष्ठ उपाध्यक्ष वसन्त घर्तीमगरले भाषा, संस्कृतिको विकासबिना मानिस स्वतन्त्र हुन नसक्ने बताउनुभयो ।

आफ्नो माषा, संस्कृति, राजनीतिक र समाजिक अधिकारले मात्र कुनै पनि समुदाय स्तन्त्र र सार्वभौम हुने उहाँले उल्लेख गर्नुभयो । कार्यक्तममा विशिष्ट अतिथि पूर्व सधासद् लिलाकुमारी सोमैले आदिवासी जनजातिको भाषा र संस्कृति लोप भएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै पूर्व केन्द्रीय सदस्य मोहन थापामगरले सचेतना कार्यक्रममा सहभागीले संस्कृति र भाषा बचाउनका लागि व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मगर महिला संघका राष्ट्रिय आदिवासी जनजाति महासंघका सौन्दर्यवती शाक्य, आदिवासी जनजाति महासंघका अध्यक्ष त्रिरत्नलाल शाक्यले तालिम सफलताको शुभकामना दिनुभयो । यस्तै कुमार सुधार समितिका केन्द्रीय सदस्य टोपबहादुर कुमाल, मगर संघ मलेसियाका पूर्व अध्यक्ष राजेन्द्र रानामगरलगायतले बोल्नुभएको थियो । सचेतना कार्यक्रममा बुद्धिजीवि निर्मल श्रेष्ठ, अधिकारकर्मी ओमबहादुर घर्तीमगर, अधिवक्ता, केहरसिह रानाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहाको सभापतित्व, सचिव रामबहादुर गरम्जाको संचालन र उपाध्यक्ष जहरसिं सारुको स्वागतमा सम्पन्न भएको थियो । सचेतना कार्यक्रममा जिल्लाभरका मगर संघ, आदिवासी जनजाति महासंघ, नेवा देवा दबुलागतयका संस्थाका एक सय ५० बढीको सहभागिता रहेको थियो ।  

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %