भुतपुर्व सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप जारी

Read Time:1 Minute, 42 Second

रूद्र श्रीसमगर

पोखरा, २५ जेठ

पश्चिमाञ्चल भूतपूर्व सैनिक संघ (इण्डिया आर्मी)को आयोजनामा आइतबार देखि सुरु भएको प्रथम गोर्खा भूतपूर्व सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप मंगलबार पनि जारी रह्यो ।

काजीपोखरी स्थित कालिका युवा क्लबको बास्केटबल कोर्टमा जारी च्याम्पियनसीपको तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् । २/८ गोर्खा राइफल र ९/९ गोर्खा राइफल बीच भएको पहिलो खेलमा २/८ गोर्खा राइफल विजयी भएको छ । त्यसैगरी, दोस्रो खेलमा १/५ गोर्खा राइफल फ्रन्टियर फोर्स र २/३ गोर्खा राइफलबीच भएकोमा १/५ गोर्खा राइफल विजयी भयो । २८ गतेसम्म हुने प्रतियोगितामा जम्मा १७ टिमको सहभागिता छ ।

गत वर्षदेखि भूपू गोर्खा सैनिकहरूको निवृत्त जीवनलाई सक्रिय बनाइ राख्न प्रतियोगिताको आयोजना गरिएको संघका सल्लाहकार संयोजक क्या इन्द्र बहादुर गुरुङले जानकारी दिए । संघका अध्यक्ष क्या प्रेम प्रसाद गुरुङले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेले कप, मेडल र २० हजार नगद तथा द्वितीय हुनेले मेडल तथा १५ हजार नगद प्राप्त गर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %