भुतपुर्व सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप जारी

रूद्र श्रीसमगर

पोखरा, २५ जेठ

पश्चिमाञ्चल भूतपूर्व सैनिक संघ (इण्डिया आर्मी)को आयोजनामा आइतबार देखि सुरु भएको प्रथम गोर्खा भूतपूर्व सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप मंगलबार पनि जारी रह्यो ।

काजीपोखरी स्थित कालिका युवा क्लबको बास्केटबल कोर्टमा जारी च्याम्पियनसीपको तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् । २/८ गोर्खा राइफल र ९/९ गोर्खा राइफल बीच भएको पहिलो खेलमा २/८ गोर्खा राइफल विजयी भएको छ । त्यसैगरी, दोस्रो खेलमा १/५ गोर्खा राइफल फ्रन्टियर फोर्स र २/३ गोर्खा राइफलबीच भएकोमा १/५ गोर्खा राइफल विजयी भयो । २८ गतेसम्म हुने प्रतियोगितामा जम्मा १७ टिमको सहभागिता छ ।

गत वर्षदेखि भूपू गोर्खा सैनिकहरूको निवृत्त जीवनलाई सक्रिय बनाइ राख्न प्रतियोगिताको आयोजना गरिएको संघका सल्लाहकार संयोजक क्या इन्द्र बहादुर गुरुङले जानकारी दिए । संघका अध्यक्ष क्या प्रेम प्रसाद गुरुङले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेले कप, मेडल र २० हजार नगद तथा द्वितीय हुनेले मेडल तथा १५ हजार नगद प्राप्त गर्नेछ ।