संघीय जनमुक्ति मन्च बेलायतमा नारायण किशोर पुन

Read Time:3 Minute, 41 Second
पदम गाहा मगर

बेलायत,५ जून –  संघीय जनमुक्ति पार्टी को बेलायत स्थित भातृ संगठन संघीय जनमुक्ति मन्चको दोस्रो महाधिबेशन एल्डरसर को निरमाया रेस्टुरामा नारायण किशोर पुन को अध्यक्षतामा १५ सदस्यीय समिति निर्बाचित गरी भव्यताका साथ सम्पन्न भयो ।
समितिमा क्रमश उपाध्यक्षमा पदम गाहा , हिमाली राना , सचिब नारायण लिम्बु , कोषाध्यक्ष र सह- कोषाध्यक्षमा मित्र थापा र लाल सलामी , सदस्यहरुमा टंक मगर , दल बुडा , शोभा राना , हिमा थापा , नबीन बुढाथोकी , तिर्थ थापा, लाल बहादुर गुरुंग , सेतिमान राई , मानध्वज सुब्बा निर्बाचित भएका छन ।

मंचका अध्यक्ष र्थक रानाको अध्यक्षतामा र प्रमुख अतिथि पार्टीका पूर्ब आर्थिक बिभाग प्रमुख़ केहेरसिंङ्ग रानाको उपस्थितिमा महासचिव कर्मा पहाड़ी शेर्पा द्दारा संचालित पहिलो चरणमाको कार्यक्रममा संघीय जनमुक्ति पार्टीको अध्यक्ष तथा बरिष्ठ सह अध्यक्ष एम एस थापा र परशुराम तमांगले पठाउनु भएको महाधिबेशन सफलताको शुभकामना पत्र महासचिव ले पढेर सुनाउनुका साथै , बेलायत स्थित बिभिन्न राजनैतिक पार्टी तथा जातीय संघ सस्थाका प्रतिनिहरुले बाक्लो उपस्थितिले महाधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
शुभ कामना वक़्त गर्नेहरुमा आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल , वरिष्ठ उपाध्यक्ष जंग सुनुवार , आदिबासी जनजाती महिला महासंघकी सचिब भावना परिस्कृत सुनुवार , संघीय समाज बेलायतका अध्यक्ष धर्म तामांग, लिम्बुवान समाज यू के का अध्यक्ष चन्द्र सुनुवार , खस अंतराष्ट्रीय समन्वय समाजका संयोजक टेक बहादुर थापा , मगर संघ यू के का कोषाध्क्ष नेत्र आले , मगर महिला संघ यू के की अध्यक्ष छबि माया पुन लगायतले मंन्तबय ब्यक्क्त गर्दै अहिले को आवश्यकता समान बिचार भएका राजनैतिक शक्तिहरु बीचको एकताले मात्र जनताको अधिकारलाई सुनिश्चित गराउन सकिने र अहिलेको संबिधान अपुरो रहेकोले थप दबाब र बहस गरी संबिधान पुनर् लेखनको आवश्यकता जोड़ दिएका थिए ।

दोस्रो सत्रमा प्रतिनिधिहरुले बिधान समिति द्दारा प्रस्तुत बिधान पारित गर्नुका साथै महासचिब द्दारा प्रस्तुत कार्यप्रतिबेदन , कोषाध्यक्षको आर्थिक प्रतिबेदन पारित हुनासाथ समिति बिघटन गरी भरत थापाको संयोजक्त्वमा गठित निर्बाचन समितिले नया कार्यसमितिको घोषणाका साथै सपथ ग्रहण गराई महाधिबेशन सफलताका साथ संपन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %