प्रताप रानामगर
तनँहु,जेठ१८-तनहुँको दमौलीमा भएको मगर समुदायको मौलिक कौराहा सम्मेलन आइतबार साँझ सकिएको छ । पछिल्लो समयमा कौराहा नृत्यमा विकृति आएको भन्र्दै संरक्षण गर्नका लागि राष्ट्रिय मौलिक कौराहा संरक्षण तदर्थ समितिले प्रथम सम्मेलन गरेको थियो । सम्मेलनमा २२ टीमलाई पछि पार्दै नेपाल मगर संघ तनहुँको जामुने उत्कृष्ट भएको छ । त्यस्तै समेलनमा पाल्पाको शुकेकोटका र्फेर्च नाम खान मगर समूह द्वितिय, नेपाल मगर संघ न्यु जागरण लाफा क्लब गैडाकोट नवलपरासी तृतीय र कन्या जागृती युवा क्लब जिलाङ्ग तनहुँ सान्त्वना भएको कौरा सम्मेलनका संयोजक हर्क आलेले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्टलाई २५ हजार द्वितीयलाई २० हजार तृतीयलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार नगदका साथै प्रमाण पत्र प्राप्त गरेका छन ।उत्कृष्ट टिमलाई नेपाल मगर संघ पश्चिमाञ्चल उपाध्यक्ष मन्धरी आले मगरले सो पुरस्कार प्रदान गर्नभएको थियो । पाल्पा, नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, चितवन, स्याङ्गजा, काठमाडौँ, गोरखा, तनहुँ, लमजङ्ग, कास्की लगायतका जिल्लाबाट २२ वटा कौराहा टिमले सहभागिता रहेको मौलिक कौरा संरक्षण समितिले जनाएको छ ।
सोही अवसरमा नेपाल राष्ट्रिय मगर संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम बहादुर आले, नेपाल मगर संघ तनहुँका अध्यक्ष झक सारुमगर, नेपाल मगर विद्यार्थी संघकी केन्द्रिय अध्यक्ष दीपा आले, सतिकोट गुफा संरक्षण समितिका सल्लाहकार निर्मल थापा लाटोमगर, प्रचारप्रसार संयोजक नन्दु थापा लगायतले लोप हुदै गएको कौरा नृत्यको संरक्षणका लागि मौलिक कौरा सम्मेलनले सहयोग गरेको दावी गर्नुभएको थियो ।मगर मौलिक भेषभूषा, गरगहना, खैजेडी, मुजुरा, झर्रा, झ्यालीको साथमा सम्मेलनमा कौराहा प्रस्तुत गरिएको थियो ।