पाल्पाली समाज युएईको प्रथम बार्षिक उत्सब सम्पन्न

Read Time:1 Minute, 46 Second

फलेन्द्र बलम्पाकी मगर

पाल्पाली समाज युएईको प्रथम बार्षिक उत्सब कार्यक्रम बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा सस्कृति संरक्षणमा कृयाशिल मगर पन्चे बाजाका संयोजक रेशम सोमै लगाएत पन्चे बाजाका समुह र स्थानिय कलाकारहरुलाई सम्मान गरिएको छ । पाल्पाली सेवा समाजका अध्यक्ष खुम बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी वेलफेअरका अध्यक्ष गितामणि पाण्डे रहेका थिए ।
नेपाल मगर संघ युएईका अध्यक्ष राजु सिंजाली र सल्लाहकार कृष्ण आचार्य बिशेष अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष कैलाश अर्यालले झण्डै ३२ हजार युएई दिरामको बार्षिक प्रतिबेदन पेश गरेका थिए ।
पहिलो बार्षिक उत्सब कार्यक्रममा पाल्पा जिल्लाका ६० गाबिसलाई समेट्ने हिसाबले ति क्षेत्रमा रहेका निम्न माध्यमिक बिधालय तहमा अध्ययनरत जेहेन्दार छात्र छात्रालाई पुरस्कृत गर्नको लागी शुरुमा २५ हजारको अक्षय कोष खडा गर्ने निर्णय भएको छ ।
कार्यक्रमका पाहुनाहरुले छोटो समयमा पनि पाल्पाली समाज युएईले निकै छिटो फड्को मारेको भन्दै सबैको एकताले यो संभब भएको बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %