बुद्धि थापा मगर
नेपाल मगर संघ ओमानद्धारा आयोजित चियापान तथा भेटघाट कार्यक्रम गत शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल मगर संघ ओमानका अध्यक्ष सूर्य बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति नेपाली राजदूताबास ओमानका तृतीय सचिव लाओस सुबेदीको उपस्थिति रहेको थियो भने मध्यपूर्व क्षेत्रीय संयोजक डी बी क्षत्री लगायत बिभिन्न जातीय र राजनीतिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
महासचिव पूर्ण आले मगरले स्वागत मन्तव्य दिएका थिए । उक्त चियापान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्षद्धारा नेपालका प्रथम सहिद क्या लखन थापा मगरको प्रतिमा (फोटो) प्रमुख अथिति लाओस सुबेदीलाई अनुरोध पत्रका साथ हस्त्रान्तरण गरिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका संयोजक सुक बहादुर थापा मगरको मन्तव्य संगै अन्य संघ संस्थाका प्रतिनिधिहरुले पनि प्रथम सहिद क्या लखन थापा मगरलाई राज्यले बिशेष सम्मान सहित स्मृति दिवस मनाउनुपर्ने भनाइ राखेका थिए । उक्त कार्यक्रममा आफ्नो परम्परा अनि संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो ।
कार्यक्रममा मगर संघका केही प्रतिनिधिहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो भने कार्यक्रममा अध्यक्षद्धारा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि धन्यबाद सहित कार्यक्रम समापन भएको थियो साथै सचिव सुशील पुन मगर र सह उपाध्यक्ष रुपा पुन मगरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।