राज्यसत्ता
काठमाण्डौं,जेष्ठ १४- नक्कली प्रमाण पत्र पेस गरेको आरोप लगाउदै बर्खास्तगीमा परेका नेपाली सेनाका उपरथी प्रेमप्रकाश थापा मगर निर्दोष सावित भएका छन् । विशेष सैनिक अदालतले बिहीबार थापा निर्दोष गरेको निर्णय सुनाएको छ । उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्सेर राणाको पालामा २०७० साल कात्तिक २७ गते नक्कली प्रमाण पत्रमा संलग्न भएको अरोप लगाउँदै बर्खास्त गरिएको थियो ।
त्यस लगतै थापाले आफू निर्दोष रहेको बताउदै विशेष सैनिक अदालतमा मुद्दा दायर गरेका थिए । “३० महिनापछि मै निर्दोष छु भन्ने सावित गर्न सके,” कान्तिपुरसँग थापाले भने,”मैले कहिले पनि गलत काम गरेको छैन र गर्दिन पनि ।”उनले आफूले न्याय पाएको पनि बताए ।
साभर :कान्तिपुर वाट