बहराईनमा तमु समाजले सातौं महादिवेशन कार्यक्रम सम्पन्न गर्यो

राज्यसत्ता ब्यूरो

 बहराईन,मे २३- मानमाको राजधानी अदेलिया स्थित नेपाली क्लव सभाहलको परिसरमा तमु समाज बहराईनले गएको २० मे  शुक्रबारका दिन प्रमुख आतिथि संस्थापक अध्यक्ष गम तमु गुरूङ तथा मानर्थ टेक तमु गुरूङको विषेश आतिथ्यमा ज्ञानेन्द्र तमु गुरूङको सभापतित्वमा ७औ महाधिवेशन सम्पन्न गरेको छ ।

महासचिव शङकर मान तमु गुरूङले प्रगति प्रतिवेदनको विवरण प्रस्तुत गरेका थिए भने, कोषाध्यक्ष बाल सिँ तमु गुरूङले समाजको आर्थिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि गम तमु गुरूङ, वरिष्ठ सल्लाहकार  दिपक तमु गुरूङले रोजगारीका शिलशिलामा बहराईन स्थित कार्यरत तमुहरुलाई गोलवन्द गराउनमा जोड दिनु पर्ने साथै आफ्नो मौलिक पहिचान भाषा, धर्म र संस्कार संस्कृतिको जगेर्ना गर्दै संरक्षण संवर्द्धन गर्न तमु समाज सधै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु पर्ने मन्तब्यको क्रममा आ(आफ्नो धारणा राखेका थिए ।

पुरानो कार्यसमितीको विघटन गरि बन्द सत्रले व्यापक छलफल गरी शून्य समय राख्दै दिपक तमु गुरूङको नेतृत्वमा गठन निर्वाचन आयोग समितिले निम्न तपशीलका नयाँ कार्यसमितीका पदाधिकारी सदस्यहरूको नामावली सार्वजनिक गरेको हो ।

१- अध्यक्ष नरेन्द्र घले तमु गुरूङ

२- उप-अध्यक्ष शङकरमान तमु गुरूङ

३- महासचिव राजु तमु गुरूङ

४- सचिव दिपेन्द्र तमु गुरूङ

५- सह-सचिव अजय तमु गुरूङ

६- कोषाअध्यक्ष बाल सिंह तमु गुरूङ

७- सह-कोषाअध्यक्ष मिना तमुस्यो गुरूङ

८- ब्यावस्थापक सचिव बिजय तमु गुरूङ

९- ब्यावस्थापक सह- सचिव हरि तमु गुरूङ

१०- खेलकुद सचिव भिम तमु गुरूङ

११- खेलकुद सह-सचिव ओम तमु गुरूङ

१२- साँस्कृतिक सचिव- अनिता तमुस्यो गुरूङ

१३- साँस्कृतिक सह-सचिव रन्जीत तमु गुरूङ

१४- सदस्य अस्मिता तमुस्यो गुरूङ

१५- सदस्य किशोर घले तमु गुरूङ

१६- सदस्य उदिम तमु गुरूङ

१७- प्रवक्ता अमर जङ गुरुङ 

 

सचिव राजु तमु गुरूङको स्वागत तथा महासचिव शङ्कर मान तमु गुरूङको संचालनमा कार्यक्रम संपन्न गरेको छ ।