मनोज घर्तीमगर
जेठ,११-तपाई कहिलेकाँही चरा झै आकाशमा भुररर उड्ने कल्पना गर्नुहुन्छ ? हो, चरा झै आकाशमा उड्ने रहर कसैलाई नहोला । स्वतन्त्र भएर आकाशमा उडेको कल्पना गर्नेहरु कम छैनन् । तर, सबैको आकाशमा उड्ने रहर सजिलै कहाँ पूरा हुन्छ र ? यसका लागि कडा मेहनत गर्नैपर्छ । चराझै आकाशमा उड्ने चहाना पूरा गर्न यतिबेला पोखरामा थुप्रै युवति कडा मेहनत गरिरहेका गरिरहेका छन् । हवाईजहाजमा बसेर हरेक दिन आकाशमाथी उड्ने सपना बोकेका युवतिहरु आजभोलि बढेका छन् । एयर होस्टेज बनेर आकाश चुम्ने रहर गरेकाहरु ब्रिज कोर्स अध्ययन गरिरहेका छन् पोखरामा ।
त्यसो त रहर गर्ने सबै आकाशमा उड्न सक्दैनन् । क्षमता, सौन्दर्य, उचाइ लगायत सबैले साथ दिए मात्रै आकामाथी उड्न सम्भव छ । आकाशमा उड्ने रहर पूरा गर्न कस्सीएक एक युवति हुन् १८ वर्षिया कामना क्षेत्री । पोखरा –११, फूलवारीकी कामना चरा झै आकाशमा उड्न चहान्छिन् । आकर्Èक शारीरिक बनोट, हेर्दा उत्तिकै सुन्दरी, बोलीचालीमा पनि दमदार देखिने कामना एयर होस्टेज कोर्स अध्ययन गर्दैछिन् । ‘आकाशमा उड्ने रहर पूरा गर्न एअर होस्टेज ब्रिज कोर्स अध्ययन गरिरहेकी छु’ शिल्क एभिएसन सेन्टरमा अध्ययन गरिरहेकी उनी भन्छिन्,‘यो रिस्की पेशा पनि हो, मलाई अलि फरक खाले काम मन पर्छ ।’ सानैदेखि आकाशमा हवाइजहाज उडेको देखेर उनलाई यो क्षेत्रमा आउने रहर जागेको हो । आफूमा सबै क्षमता भएकाले एयर होस्टेज बनेर आकाश चहार्ने रहर पूरा हुनेमा उनी ढुक्क छिन् ।
अन्य पेशाभन्दा रिस्की पनि छ एअर होस्टेज । सम्मान पनि उत्तिकै । ग्ल्यामर पनि चाहिन्छ यो पेशामा । ब्रिज कोर्स गरिरहेका युवतिका कुरा सुन्दा ग्ल्यामर फिल्डमा रुचि राख्ने युवतीहरु एयर होस्टेज बन्ने धुनमा बढी लागेको पाइन्छ । त्यसैले होला मोडलिङ तथा शोया फिल्ममा नायिकाको भूमिमा गरेकी नविना पुनलाई पनि एअर होस्टेज बन्न मन लागेको हो । ग्ल्यामर फिल्ड भनेर नै यता तानिएकी हुन् उनी । ‘मोडलिङ क्षेत्रजस्तै एयर होस्टेजमा पनि ग्ल्यामर देखिने भएकाले आकÈिर्त भएकी हु“’ कास्की लेखनाथकी १९ वर्षिय नविना भन्छिन्, ‘अवसर र सम्भावना पनि एयर होस्टेजमा बढी छ ।’ उनलाई एयर होस्टेज बन्न घरपरिवारले खुब हौसला दिएका छन् ।
अन्य पेशाभन्दा बढी ग्ल्यामर देखिने भएकाले केही दशक अघिसम्म अभिभाकवले एयर होस्टेज बन्न चहाने छोरीलाई बन्देज लगाउँथे । अहिले जमाना फेरिएको छ । ग्ल्यामर भएर नै एयर होस्टेज बन्न चहाने युवतिको ताँती लाग्छ ब्रिज कोर्स सेन्टरका । बदलिँदो समयसँगै पछिल्लो समय अभिभावकले पनि छोरीलाई एयर होस्टेज बनाउन इच्छुक देखिन्छन् । उसो त कडा मेहनत गरे अवसर त जहाँ पनि छ । यहाँका धेरै युवतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा एयर होस्टेजको काम गर्न पाएका छन् । यस्तै सम्भावना देखेर नै एयर होस्टेज बन्न चाहने युवतीहरु बढिरहेका छन् । यस्तै भीडमा भेटिइन् स्याङ्जाकी अनिशा गुरुङ । १८ वर्षिया अनिशा सानैदेखि एयर होस्टेज बन्ने सपना बोकेकाले लक्ष्य पूरा गर्न कस्स्एिर लागेको सुनाँउछिन् । ‘सुरुमा नेपाल त्यसपछि विदेशी उडानका जहाज कम्पनीमा एयर होस्टेज बन्ने धोको छ’ रातो स्क्याप, स्कर्ट, सेतो सर्टमा चिटिक्क परेकी उनी भन्छिन्,‘अब छिट्टै कोर्स पूरा हुन्छ, त्यसपछि आकाशमा उड्ने रहर पनि पूरा हुनेछ ।’
नविना, अनिसा, कामनासँगै अहिले पोखरामा खुलेका शिल्क एभिएसन सेन्टर, एम्स लगायत एयर होस्टेज सम्बन्धी ब्रिज कोर्स पढाउने सेन्टरमा थुपै्र युवतिहरु एयर होस्टेजको कोर्स अध्ययन गरिरहेका छन् । बाग्लुङबाट एयर होस्टेज बन्ने सपना बोकेर पोखरा झरेकी सविना छन्त्यालमगर पनि यतिबेला ब्रिज कोर्स अध्ययनमा व्यस्त छिन् । आकाशको शयरस“गै धेरै ठाउ“मा घुम्न र नया“ व्यक्तिहरुस“ग साक्षात्कार गराउने यो पेशा जसरी पनि अगालेरै छाड्ने ध्याउन्नमा छिन् उनी । ‘पहिले घरमा मानेका थिएनन्, कन्भिन्स गरेर मनाए’ एयर होस्टेज बन्ने सपना पूरा गर्ने पहिलो खुड्कीलो पार गरेको सुनाउँदै सविना भन्छिन्,‘यो ग्ल्यामर पेशा भएर पनि घरबाट सुरुमा अनुमति नदिएका हुन् ।’
भर्खर प्लस टुको परीक्षा सकिएकाले पनि यतिबेला एयर होस्टेज पढाउने मौसम सुरु भएको छ । एयर होस्टेज ३ महिनादेखि बढीमा एक वर्Èको कोर्स लिएको हुनुपर्छ । टे«ेनिङ सेन्टरहरुले उड्डयनसम्बन्धी, हस्पिटालिटी म्यानेजमेन्ट, इमर्जेन्सी रेस्क्यु, गु्रमिङस्वमिङ, विमानमै चढाएर प्रयोगात्मक कक्षा सञ्चालन गराउने गरिएको छ । काठमाडौं, धरान, बुटवल, नेपालगंज, पोखरा लगायतका सहरहरुमा एयर होस्टेजसम्बन्धी प्रशिक्षण दिने संस्थाहरु च्याउसरी खुलेका खुलेका छन् । पोखरामा पनि युवतीहरुाई एयर होस्टेज बनाउन एयर होस्टेज पढाउने संस्थाहरु बढ्दो छ । युवतीहरु पनि एयर होस्टेज बन्न त्यस्ता संस्थाहरुमा अध्ययन गर्न दौडधुप गरेका छन् । शिल्क इन्टरनेशनल एभिएसन सेन्टरकी म्यानेजर शोभा केसी. आजभोली एयर होस्टेजतर्फ युवतीको आकर्Èण निकै बढेको बताउँछिन् । ‘हल्का ग्ल्याारस् र स्कोप पनि धेरै भएकाले एयर होस्टेज पढ्न चाहनेहरु बढेका छन्’ उनी भन्छिन्,‘एयरलाइन्सहरुमा पनि आकर्Èक युवतीहरुलाई एयर होस्टेज बनाइन्छन् ।’ उनले एयर होस्टेज बनेपछि पाइने आकर्Èक सुविधा, नया“ ठाउ“को भ्रमण्ँलगायतले गर्दा आकर्Èण बढिरहेको बताइन् ।